Comments Add Comment

भूकम्पपीडितलाई सरकारले कति नगद बाँड्यो ?

४ असार, काठमाडौं । सरकारले हालसम्म भूकम्प पीडितहरुलाई दुई अर्ब ९८ करोड ५३ लाख ६२ हजार नगद वितरण गरेको छ । सबैभन्दा धेरै काठमाडौंमा बाँडेको छ भने सबैभन्दा थोरै नुवाकोटमा बाँडिएको छ ।

सरकारले मृतकका परिवार र घर ध्वस्त भएका परिवारहरुलाई सो रकम उपलब्ध गराएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

Nepali moneyमन्त्रिपरिषदले भूकम्पमा परी मृत्यु हुनेका परिवारलाई तत्काल ४० हजार रूपैयाँ र घर ध्वस्त भएकाहरुलाई जस्तापाता किन्न १५ हजार रूपैयाँ र घर निर्माणका लागि २ लाख उपलब्ध गराउने निर्णय गरेको थियो ।

महाभूकम्पमा ८ हजार सात सय ७३ जनाको मृत्यु भएको सरकारी तथ्यांक छ । पाँच लाख सात सय १७ घर पुर्णरुपले ध्वस्त भएका थिए ।

सरकारले हालसम्म ७ हजार चार सय ७७ मृतकका परिवारलाई तत्कालिन राहत वापत प्रति मृतक २ हजारका दरले १६ करोड २७ लाख ७२ हजार उपलब्ध गराईसकेको छ भने मृतकका २ हजार सात सय ७३ परिवारलाई २९ करोड ४३ लाख उपलब्ध गराएको छ ।

अस्थायी आवास निर्माणका लागि जस्तापाता किन्न भन्दै बिभिन्न १६ जिल्लामा ३२ करोड ८७ लाख ७० हजार वितरण गरिसकेको छ ।
सरकारले भूकम्प पीडितलाई अन्य शिर्षकमा भने ३२ करोड ८७ लाख ९० हजार वितरण गरेको छ ।

काठमाडौंमा धेरै नुवाकोटमा थोरै

प्रधानमन्त्री कार्यालयले उपलब्ध गराएको जानकारी अनुसार भूकम्प पीडितहरूका लागि काठमाडौंमा ६० करोड रूपैयाँ नगद वितरण गरिएको छ ।

त्यसैगरी, धादिंगमा ५० करोड ९० लाख, गोरखामा ४७ करोड ६० लाख, सिन्धुपाल्चोकमा साढे २५ करोड, , भक्तपुरमा १४ करोड, ललितपुरमा १३ करोड, काभ्रे र दोलखामा ११-११ करोड, रसुवामा ९ करोड ६४ लाख, नुवाकोटमा ३ करोड ३ लाख रूपैयाँ नगद राहत वितरण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment