Comments Add Comment

मनसुनसँगै धर्तीले फेरिन् नयाँ बस्त्र ! (फोटो कथा)

champadevi

काठमाडौंको चम्पादेवि शिखर 

६ असार, काठमाडौं । कवि लेखनाथ पौड्यालले ‘ऋतुविचार’ त्यसै लेखेका होइनन् । ऋतु परिवर्तनसँगै धर्तीले पनि रुप फेर्दिरहिछन्, कुनै सुन्दरीले वस्त्र परिवर्तन गरेझैं ।

असारको पहिलो सातासँगै मनसुन सुरु भएको छ । र, मनसुनसँगै धर्ती नयाँ परिधानमा सजिन थालेकी छिन् । प्रकृति सुन्दर र मनोरम प्रतीत हुन थालेको छ । सुख्खा डाँडाकाँडाहरु सरस बन्दैछन् ।

chapagaun
ललितपुरको चापागाँउको बस्ती 

घर-गोठहरु भूकम्पसँगै भत्किएकाले यसपालिको मनसुन कतै विपति बनेर आउने हो कि भन्ने डर पनि छ मानिसहरुमा । तर, प्रकृतिको यो नियमलाई कसैले रोक्न सक्दैन । प्रकृतिको नियमलाई बुझ्न र सो अनुसार व्यवहार गर्न सके यो बरदान हुन्छ, प्रकृतिअनुसार चल्न नसके यो अभिशाप हुन्छ ।

असार लागेसँगै खेतका गह्रा-गह्रामा असारे भाका घन्कन थालिसकेका छन् । नीलो आकाशमा सेता अनि काला बादलहरु मडारिन थालेका छन् । त्रिपालको छाप्रोबाट निस्केर फाँटका आलीआलीमा कोदाली बोकेर हिलोमा बाउसे खेल्न किसान अभ्यस्त हुँदैछन् ।
chhaimale

काठमाडौंको छैमले र ललितपुरको देविचौर 

यो मनसुनमा नीलो आकाशमा बादलले राज्य जमाउँदैछ । अनि बेसीका टार खेतदेखि लेकका चुचुरासम्म चारैतिर हरियाली नै हरियाली छाउँदैछ । पहाडका कुना-कन्दराबाट मूल फुट्दैछन् अनि पहाड हरियालीसँगै सुसाउन थालेको छ ।

यो मनसुनलाई कसले भनसुन गरिदेला ? प्रकृतिको यो सुन्दरता सुन्दरतामै सीमित होस्, यसले विपतिलाई निम्तो नदेओस् ।

chitlang bhedigoth

मकवानपुरको चित्लाङ्गस्थित भेडीगोठ क्षेत्र 

from cablecar

गोरखाको मनकामना मन्दिर नजिकै केवुलकारबाट देखिएको फाँट

from nallu

ललितपुर नल्लुबाट देखिएको राजधानी 

indra sarobar

मकवानपुरको इन्द्रसरोवर

jharuwa rasi
राजधानीको झरुवाराशी बस्ती
khumbu
खुम्बु क्षेत्रको एक गाँउ
lele
ललितपुरको लेले भञ्ज्याङ्ग
lele-2
ललितपुर लेलेबजार
nagarkot jungle
भक्तपुर नगरकोट इलाकाको बन क्षेत्र
namche
सोलुको नाम्चेबजार
near nagarkot
भक्तपुर नगरकोट नजिकै तरेली परेको फाँट
santaneshower temple
राजधानीको सन्तानेश्वर मन्दिर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment