Comments Add Comment

प्रधानमन्त्री कोइरालाको ट्वीटर ह्याक

९ असार, काठमाडौं । केही समयअघि मात्रै सामाजिक सञ्जाल ट्वीटरमा जोडिएका प्रधानमन्त्री सुशील कोइरालाको ट्वीटर एकाउन्ट ह्याक भएको छ ।

PM koirala twitter

आफ्ना सहयोगीहरुबाट ट्वीटर अकाउन्ट खोलेर प्रधानमन्त्री कोइरालाले केही दिनयता विभिन्न ताजा विषयवस्तुहरु ट्वीट गर्ने गरेका थिए ।

आफ्नो पुरानो एकाउन्ट गलत ब्यक्तिबाट ह्याक भएकाले नयाँ खाता सञ्चालनमा ल्याएका छन् । प्रधानमन्त्री कोइरालाले विहीबार एकाविहानै नयाँ एकाउन्टबाट ट्वीट गरेर यो जानकारी दिएका छन् ।

उनले ट्वीटर ह्याक भइ नयाँ खाता सञ्चालनमा ल्याउनु परेकामा क्षमायाचना समेत गरेका छन् ।

विशिष्ट ब्यक्तिहरुले पनि सामाजिक सञ्जालको प्रयोग गरी सूचना प्रवाह गर्ने गरेपछि पछिल्लो समयमा प्रधानमन्त्री कोइरालाको सामाजिक सञ्जालप्रतिको आकर्षण बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment