+
+
Shares

प्रधानमन्त्री कोइरालाको ट्वीटर ह्याक

अनलाइनखबर अनलाइनखबर
२०७२ असार ९ गते १२:०९

९ असार, काठमाडौं । केही समयअघि मात्रै सामाजिक सञ्जाल ट्वीटरमा जोडिएका प्रधानमन्त्री सुशील कोइरालाको ट्वीटर एकाउन्ट ह्याक भएको छ ।

PM koirala twitter

आफ्ना सहयोगीहरुबाट ट्वीटर अकाउन्ट खोलेर प्रधानमन्त्री कोइरालाले केही दिनयता विभिन्न ताजा विषयवस्तुहरु ट्वीट गर्ने गरेका थिए ।

आफ्नो पुरानो एकाउन्ट गलत ब्यक्तिबाट ह्याक भएकाले नयाँ खाता सञ्चालनमा ल्याएका छन् । प्रधानमन्त्री कोइरालाले विहीबार एकाविहानै नयाँ एकाउन्टबाट ट्वीट गरेर यो जानकारी दिएका छन् ।

उनले ट्वीटर ह्याक भइ नयाँ खाता सञ्चालनमा ल्याउनु परेकामा क्षमायाचना समेत गरेका छन् ।

विशिष्ट ब्यक्तिहरुले पनि सामाजिक सञ्जालको प्रयोग गरी सूचना प्रवाह गर्ने गरेपछि पछिल्लो समयमा प्रधानमन्त्री कोइरालाको सामाजिक सञ्जालप्रतिको आकर्षण बढेको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?