+
+

बिहीबारका दैनिक पत्रिकामा बिजनेस खबर

अनलाइनखबर अनलाइनखबर
२०७२ असार १० गते ७:३४

राजधानीबाट बिहीबार प्रकाशित आर्थिक क्षेत्रका दैनिक पत्रिकाहरुमा काठमाडौमा आज हुने नेपालको पुनर्निर्र्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलनका बारेमा प्राथमिकताका साथ खबर छापेका छन् ।

कारोबार दैनिकले समग्र विकासको लक्ष्यसहित आज दाता सम्मेलन, अनुमति लिएकाले घर बनाउन पाउने, कर्जा तिर्न समय थप, २१ गतेदेखि निःशुल्क भिसा र टिकट, गुणस्तर परीक्षणबिनै ट्यांकरको पानी, दाता सम्मेलनको सुरक्षामा ३२ सय प्रहरी तथा प्लस टु विशेषांक प्रकाशित गरेको छ ।

अभियान दैनिकमा अन्तर्राष्ट्रिय सम्मेलन आज, भूकम्पबाट ५ खर्बको बिमांक प्रभावित, अब खोलाकै ‘ईआईए’, क्रसर उद्योग खानीक्षेत्रमा तत्काल सार्न असम्भव, लुम्बिनीमा नेपाली बढे विदेशी घटे, भेरी शीत भण्डारको क्षमता विस्तार लगायतका खबर छन् ।

अन्नपूर्ण पोष्टमा दाताको प्राथमिकतामा सहुलियत ऋण, क्षतिबारे पीडीएनएले गर्यो आवश्यकता पहिचान, भूकम्पपीडित ऋणीलाई राष्ट्र बैंकको सहुलियत, लागत वृद्धिले पर्यटन ब्यवसायी चिन्तित, ४० सहकारी खारेजी प्रक्रियामा, चतरा नहरको बाँध भत्कियो लगायतका खबर छन् ।

eco1

eco2

eco3

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?