Comments Add Comment

दाताहरुको सम्मानमा रात्रिभोज

१० असार, काठमाडौं । भूकम्पका कारण तहसनहस भएको नेपालको पुनर्निर्माण तथा पुनस्थापनाका लागि सहयोग जुटाउन आयोजना गरिएको दाता सम्मेलनमा सहभागी हुन आएका अतिथिलाई प्रधानमन्त्री सुशील कोइरालाले रात्रिभोजको आयोजना गरी सम्मान प्रकट गरेका छन् ।

कोइरालाले मुलुकको पुनःनिर्माण, पुनःस्थापना तथा नवनिर्माणका लागि बाहृय सहायता जुटाउने उद्देश्यले बिहीबार काठमाडौंमा हुन लागेको ‘नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’ मा भाग लिन आएका विशिष्ट अतिथिहरुको सम्मानमा बुधबार साँझ रात्रिभोजको आयोजना गरेका हुन् ।

सम्मेलनमा सहभागी हुन आएका भारतका विदेशमन्त्री सुष्मा स्वराज, चीनका विदेशमन्त्री वाङ यी, नर्वेका विदेशमन्त्री ब्रग ब्रेन्डे, बङ्गलादेशका अर्थमन्त्री अबुल माल अब्दुल, श्रीलङ्कका विपत् व्यवस्थापन मन्त्री एएचएम फौजे, संयुक्त राष्ट्रसङ्घका उपमहासचिव ज्ञानचन्द्र आचार्यलगायत नेपालको विकासका साझेदार, बहुपक्षीय एवम् द्विपक्षीय दातृ निकायका उच्च अधिकारीको रात्रिभोजमा सहभागिता थियो ।

रात्रिभोजमा मन्त्रिपरिषद्का सदस्य, नेपाल सरकारका उच्च अधिकारीको पनि उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment