Comments Add Comment

पर्सामा एसईई परीक्षा सीसी क्यामेराबाट निगरानी

१० चैत, वीरगञ्ज । जिल्ला परीक्षा समन्वय समिति पर्साका संयोजक एवं प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई वीरगञ्जको त्रिजुद्ध मावि परीक्षा केन्द्रमा पुग्दा परीक्षा चलिरहेकै थियो ।

उनले कक्षा कोठामा नपसी बाहिरबाटै परीक्षाको अवलोकन गरे । परीक्षा सञ्चालन भइरहेका सबै कक्षा कोठामा पुगेर सरसरती हेरेपछि  प्रजिअ भट्टराई प्राधानाध्यापक एवं केन्द्राध्यक्ष हरिन्द्रप्रसादको कोठामा छिरे । त्यहीँबाटै उनले केहीबेर परीक्षा सञ्चालन भएका सबै कोठाका परीक्षार्थी र निरीक्षकको गतिविधिको अवलोकन गरे ।

केन्द्राध्यक्ष हरिन्द्रप्रसादको कोठा विद्यालयमा जडान गरिएका ६४ वटा सिसिटिभी क्यामेरा मोनिटरिङ गर्ने कन्ट्रोल रुम पनि हो । सिसिटिभी क्यामेरामार्फत परीक्षा सञ्चालन भएका कोठाहरुको अनुगमनपछि प्रजिअ भट्टराईले प्रविधिको सकारात्मक प्रयोग गर्न सकिन्छ भन्ने गतिलो उदाहरण भएको बताए ।

त्रिभुजुद्ध मावि परीक्षा केन्द्र अन्तर्गत नै रहेका वीरगञ्ज कारागार र बाल सुधार गृहमा भने सिसिटिभी क्यामेराबाट निगरानी भइरहेको छैन । वीरगञ्ज कारागारमा १६ जना र बाल सुधार गृहमा ३ जना विद्यार्थीले परीक्षा दिइरहेका छन् ।

बाल सुधार गृहमा ४ जनाले एसईईको तयारी गरेको भए पनि एक जनाको प्रवेश पत्र नआएका कारण उनी परीक्षा दिनबाट वञ्चित भएका छन् ।

सीसीटिभीबाट निगरानी भईरहेको छ भनेपछि मनोवैज्ञानिक रुपमै परीक्षार्थी र निरीक्षकलाई प्रभाव पार्ने केन्द्राध्यक्ष हरिन्द्र प्रसादको बुझाइ छ । ‘सीसीटिभी क्यामेराले खिचेका दृश्यहरु एक महिनासम्म सुरक्षित रहन्छ, बदमासी भयो भने, कहाँ कसले कसरी वदमासी गरेको छ सबै रेकर्ड हुन्छ’ उनले भने ‘परीक्षार्थीले वदमासी गरुन वा परीक्षार्थी जसले वदमासी गर्छन समातिन्छन् ।’

पर्सा जिल्लामा ८ हजार ३ सय ८९ जनाले एसइई परीक्षा दिएका छन् । नियमितर्फ ७ हजार ८ सय ५७ जना, प्राविधिकतर्फ १८२ जना र ग्रेडबृद्धि अर्थात एक्जामटेडतर्फ ३ सय ५० जनाले परीक्षा दिएका हुन् । एसइईका लागि वीरगञ्ज महानगरपालिकामा १४ र ग्रामीण क्षेत्रमा १० वटा परीक्षाा केन्द्र तोकिएका छन् । २४ जना केन्द्राध्यक्ष, ४२ सहायक केन्द्राध्यक्ष र ४ सय २ जना निरीक्षक खटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment