Comments Add Comment

नेपाललाई बेलायतको सहायता ११ अर्ब

१० असार, काठमाडौं । बेलायतले भूकम्प प्रभावित नेपाललाई झण्डै ११ अर्ब २० करोड सहयोगको घोषणा गरेको छ ।

united-kingdomकाठमाडौंमा भएको अन्तराष्ट्रिय दाता सम्मेलनमा बेलायतले ७० मिलियन पाउण्ड सहयोगको घोषणा गरेको हो । जसमा भूकम्पलगत्तै राहत तथा पुनःस्र्थापनामा खर्च भएको ३३ मिलियन पाउण्ड पनि जोडिएको छ ।

बेलायतले दिएको भनिएको ३३ मिलियन पाउण्ड मध्ये एक रुपैयाँ पनि नेपाल सरकारको बास्केटमा आएको छैन । यसले आफ्नै गैरसरकारी संघ संस्थाहरुमार्फत खर्च गर्ने गरेको पाइएको छ ।

बेलायत नेपालको सबैभन्दा पुरानो कूटनीतिक सम्बन्ध भएको देश समेत हो । उसले विपदको सामना गर्न नेपाल सरकारसँग काम गर्ने बताएको छ ।

काठमाडौंस्थित बेलायती दूताबासका अनुसार यसअघि खर्च भइसकेको ३३ मिलियन पाउण्डमध्ये १० मिलियन पाउण्ड प्रभावित क्षेत्रमा स्वास्थ्य क्षेत्रमा खर्च भएको छ ।

त्यसैगरी पानी र आवासका लागि ५.३ मिलियन, सेभ द चिल्ड्रेन, अक्सफाम, केयर इन्टरनेशन लगायतका उसका ६ वटा आइएनजीओमार्फत ३ मिलियन पाउण्ड खर्च भइसकेको जनाइएको छ ।

त्यसैगरी ५ मिलियन ट्रमा मेडिसिन लगायतको सहायतमा तथा बेलायती रेडक्रसमार्फत २ मिलियन खर्च गरिएको बेलायती दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment