Comments Add Comment

काठमाडौमा रोकिएन घरजग्गा किनबेच

१२ असार, काठमाडौ । भूकम्पका कारण काठमाडौ उपत्यका प्रभावित बने पनि घरजग्गा खरिद-बिक्रीमा भने यसको प्रभाव देखिएको छैन ।
भूकम्पले बैशाखमा घरजग्गाको खरिदबिक्रीमा केही कमी आए पनि जेठमा भने विगतमा जस्तै कारोबार भएको नागरिक दैनिकमा खबर छ ।  ghar-jagga
उपत्यकासहित मुलुकभरकै मालपोत कार्यालयको अभिलेख राख्ने जिम्मेवारी पाएको भूमिसुधार तथा ब्यवस्थापन विभागका अनुसार जेठमा उपत्यकाका मालपोत कार्यालयले घरजग्गा खरिद बिक्रीमा लाग्ने रजिष्ट्रेशन शुल्क कति असुली भयो भन्ने तथ्यांक स्पष्ट पार्छ ।

बैशाख १२ को भूकम्प र त्यसपछि लगातार आइरहेको पराकम्पको कारण धेरै सर्वसाधारणले राजधानी छाडेको र यहाँ बस्न उपयुक्त छैन भन्ने प्रचार गरिएको थियो । सर्वसाधारण राजधानीमा घर किन्न र जग्गा जोड्न डराएका कारण वैशाखमा घरजग्गा किनबेच सुस्ताएको थियो तर जेठमा पुरानै अवस्था आएको विभागका कर्मचारी तुलसीराम बैद्यले जानकारी दिए ।

विभागका अनुसार काठमाडौ उपत्यकाका मालपोत कार्यालयले जेेठमा मात्रै ३३ करोड २६ लाख राजश्व असुली गरेका छन् । गत वर्ष जेठमा यो तथ्यांक ३८ करोड ४५ लाख रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment