Comments Add Comment

साहिदका तीन बाउ !

sahid-and-miraमुम्बई । दिल्लीकी मीरा राजपुतसँग बिबाह गर्ने तयारीमा रहेका साहिद कपुरको जीबनमा ३ अंकले विषेश महत्व राख्ने गरेको छ । उनकी आमाले तीन पुरुषसँग बिबाह गरेकी थिईन् ।

आउँदो ५ देखि ८ जुलाईसम्म बिबाह गर्ने तयारीमा रहेका साहिदले आफ्ना तीनैजना बुबा नाता पर्नेलाई निम्ता दिईसकेका छन् ।प्रारम्भमा करिना कपुरसँग प्रेम गरेका साहिद त्यसपछि प्रियंका चोपडासँग नजिकिए । पि्रयंकासँग पनि उनको सम्बन्ध दिगो हुन सकेन । अन्तत दिल्लीकी मिरासँग औपचारिक लगनगाँठो बाँध्न पुगे ।

उनकी आमा नीलिमा अजीम हुन् भने उनले पहिलो बिबाह पंकज कपुरसँग गरेकी थिईन् । साहिदको पीता पनि पंकज नै हुन् । पंकजसँग खटपट भएपछि नीलिमाले राजेश खट्टरसँग दोस्रो बिबाह गरिन् । दोस्रो घरवार पनि सफल हुन सकेन । अहिले नीलिमा रजा अली खान तेस्रो बिबाह गरेर बसेकी छिन् ।

साहिदका पीता पंकजले सुप्रिया पाठकसँग दोस्रो बिबाह गरेका छन् भने राजेश खट्टरले बन्दना सजनानीसँग दोस्रो बिबाह गरे । सौतानेसहीत उनका आमा पनि तीन भएका हुन् ।

shahid-kapoor

पंकज र सुप्रियावाट जन्मेको रुहान कपुर उनको खास भाई हुन् भने बहिनी पनि छिन् सना कपुर ।

उनलाई जन्माउने आमा नीलिमाले राजेश खट्टरसँग बिबाह गरेपछि अर्को भाई जन्माएकी छिन् इशान खट्टर । यस अर्थमा उनका तीन भाई बहीनी छन् ।

सन २००३ उनका लागि विषेश रहयो । ‘इष्कविष्क’ फिल्मवाट डेब्यु गरेका साहिदले सोही फिल्मवाट वेष्ट डेब्यु फिल्मफेयर अवार्ड पाएका थिए ।

उनी तीन पटक फिल्मफेयर अवार्डमा मनोनित भएका छन् । जब वी मेट, कमीने, हैदरवाट उनी मनोनयनमा परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment