Comments Add Comment

ताप्लेजुङका अग्निपीडितलाई तीन महिना पछि राहत रकम बितरण

रविन भट्टराई
१४ असार, ताप्लेजुङ । गत चैत्र ९ गते ताप्लेजुङ सदरमुकाम फुङ्लीङमा भएको आगलागी पीडितको लागि विभिन्न संघ संस्था तथा व्याक्तिहरुले जम्मा गरेको राहत रकम तीन महिना पछि आईतबार वितरण गरिएको छ ।
taplejung-4
आगलागि प्रभावित १ सय ४४ मध्ये १ सय २१ परिवारले आईतबार राहत रकम बुझेका छन् । क्षतिको आधार मा ८ भागमा वर्गीकरण गरी तय गरिएको राहत रकम जिल्ला प्रशासन कार्यलयबाट आईतबार चेक मार्फत बुझेका हुन् ।

अग्निपीडितका लागि जिल्ला विपद् व्यवस्थापन समितिको खातामा जम्मा भएको १ करोड २६ लाख ४७ हजार ६ सय ७९ रुपैया ३९ पैसा लाई आधारमानी बर्गीकरणमा परेकालाई वितरण गरिएको बिपत व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी डम्बरुप्रसाद निरौलाले जानकारी दिए ।

विभिन्न वर्गमा रहेका १ सय २१ परिवारलाई आईतबार जम्मा १ करोड ३ लाख ४० हजार वितरण गरिसकिएको बताइएको छ । यस्तै घर, पसल दुवै गुमाएका परिवारले आज घर तर्फको मात्रै राहत पाएका छन भने पसल तर्फको सोमबार बितरण गर्ने बताइएको छ ।

समय अभावका कारण आईतबार यस्ता १७ परिवारलाई पसल तर्फकोे राहत वितरण गर्न नसकिएको प्राथमिकता क्रम निर्धारण समितिकका सदस्य तथा आगलागि पीडित व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले बताए ।

घर गुमाएकालाई दुई वर्गमा विभाजन गरी ‘क’ मा परेका २३ परिवारलाई लाई २ लाख १० हजार ‘ख’ वर्गका १६ परिवारलाई ७० हजार रुपैयाँका दरले वितरण गरिएको छ । यस्तै पसलवालालाई ‘क’ देखि ‘ङ’ सम्म वर्ग विभाजन गरी क्रमशः एक लाख ५५ हजार रुपैयाँ, ७० हजार रुपैयाँ, ३५ हजार रुपैयाँ, १५ हजार रुपैयाँ, र १० हजार रुपैयाँका दरले वितरण गरिएको छ ।

आगलागी भएको तीन महिनापछि अग्निपीडितका प्रतिनिधि तथा जिल्ला विपद् व्यवस्थापन समितिमा प्रतिनिधित्व गर्ने रेडक्रस लगायतका संस्थाका प्रतिनिधि संलग्न टोलीले पीडितको सम्पत्ति क्षतिका आधारमा राहत पाउने प्राथमिकता क्रम निर्धारण गरेको थियो । गत चैत्र ९ गते राति फुङलिङको तोक्मे क्षेत्रमा भएको आगलागीमा परी ४४ घर नस्ट भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment