Comments Add Comment

सिन्धुपाल्चोकको गहाममा भिषण पहिरो, १५ घर बगायो, सात घाइते

१५ असार, सिन्धुपाल्चोक ।  सिन्धुपाल्चोकको हगाम गाबिस स्थितवडा नम्बर ६ र ७ को बीचमा पर्ने याङ्गलाकोटमा भिषण पहिरो गएको छ ।

मंगलबार बिहान ३ बजेबाट पहिरो खसेपछि त्यहाँका १५ घर पुरिएको छ भने केहि पशुचौपाय समेत पुरिएको डिएसपी बिश्व अधिकारीले जानकारी दिए । पहिरोमा परी सात जना घाइते भएका छन । घाइते मध्ये तीन जनाको अबस्था गम्भीर छ ।

घटनास्थलमा अहिले नेपाली सेना सशस्त्र प्रहरीले उद्धारको काम जारी राखिएको छ । पहिरो खस्ने क्रम अझै जारी रहेकोले स्थानीयलाई सुरक्षित स्थानमा सार्ने क्रम भईरहेको डिएसपी अधिकारीले जानकारी दिए ।

कूल तामाङ्गबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment