Comments Add Comment

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

१५ असार, धनगढी । कैलालीको धनसिंहपुरमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । धनसिंहपुर ६ मा मंगलबार स १ त ४५९२ नम्वरको ट्याक्टर अनियन्त्रित भइ दुर्घटना हुँदा चालक २३ वर्षीय लक्ष्मण चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।

यसैगरी चितवनको भरतपुर उपमहानगरपालिका-४ लाईन्स चोकमा टिपरको ठक्करबाट घाइते भएका दिव्यनगर-६ बस्ने ५४ वर्षीय धर्मप्रसाद श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको छ ।

ना २७ प ४६६७ नम्वरको मोटरसाइकलमा सवार श्रेष्ठलाई ना ५ ख ३१३१ नम्वरको टिपरले ठक्कर दिएको थियो । उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment