Comments Add Comment

आपराधिक घटनाका लागि प्रयोग हुन थाले एम्बुलेन्स

१६ असार, झापा । झापामा अपराधका घटनामा एम्बुलेन्स प्रयोग हुन थालेका छन् । बिरामी बोक्नुपर्ने मुख्य दायित्वविपरीत आपराधिक घटनामा एम्बुलेन्सको प्रयोग बढेको हो ।

फाइल तस्वीर
फाइल तस्वीर

चालकको बेइमानीले एम्बुलेन्स दुरुपयोग भइरहेका छन् । ‘आपराधिक योजना पूरा गर्न एम्बुलेन्सलाई हतियार बनाउने गरेका घटना बढ्दै गएको देखिन्छ,’ इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक सञ्जयबहादुर राउतले भने, ‘झापामा दुई महिनाको अवधिमा भएका दुइटा गम्भीर प्रकृतिका आपराधिक घटनामा एम्बुलेन्सको प्रयोग भएको छ ।’ अपराधीले देखाएको प्रलोभनमा परेर चालकले बेइमानी गर्न थालेपछि एम्बुलेन्सको दुरुपयोगका घटना क्रमशः सार्वजनिक हुन थालेको उनले बताए ।

विर्तामोडका अलैंची व्यवसायी सुनीलकुमार बिन्दलको अपहरण घटनामा अपहरणकारीले एम्बुलेन्सको प्रयोग गरेको नयाँ पत्रिकामा खबर छ । १८ माघमा पूर्वी नाका काँकरभिट्टाबाट अपहरण गरिएका बिन्दललाई नेपाल रेडक्रस सोसाइटी मेचीनगर उपशाखाको मे १ च १२३४ नम्बरको एम्बुलेन्समा हालेर झापाको धरमपुर पुर्‍याइएको थियो । मानवीय सेवामा लागेका एम्बुलेन्स आपराधिक क्रियाकलापमा संलग्न होलान भन्ने सामान्य अनुमानसमेत गर्न नसक्दा दुरुप्रयोग बढेको रेडक्रसकर्मीको अनुभव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment