+
+
Shares

बैंकको लिलामी जोगाउन के गर्दैछन् कालोसूचीका व्यापारी ?

अनलाइनखबर अनलाइनखबर
२०७२ असार १८ गते ११:५४

१८ असार काठमाडौं । कृषि विकास बैंकले पटक-पटक ऋण तिर्न ताकेता गर्दा पनि व्यवसायी रविन्द्रमान मल्लले ऋण नतिरेपछि बैंकले धितो राखेको सम्पत्ति लिलामी गर्ने सार्वजानिक सूचना निकालेको छ ।

Rabindra-malla
रविन्द्रमान मल्ल

गत जेठ २६ गते एक राष्ट्रिय दैनिक पत्रिकामा ३५ दिनभित्र ऋण नतिरे धितो राखेका माउन्टेन र ल्याण्डमार्क होटल लिलामी गर्ने प्रक्रिया अघि बढाउने भन्दै बैंकले सार्वजानिक सूचना प्रकाशित गरेको हो । सूचना अनुसार दुई होटलका मालिक मल्लले बैंकलाई यही असार २९ गतेभित्र ६२ करोड २७ लाख ६५ हजार रुपैयाँ तिरिसक्नुपर्ने छ ।

लिलामी रोक्न अदालत गुहार्दै

तर, मल्ल भने बैंकको ऋण तिर्नभन्दा अदालतको आदेश ल्याएर लिलामी प्रक्रिया रोक्न लागि परेका छन् । यसअघि दुई पटक अदालतबाट लिलामी प्रक्रिया रोक्ने आदेश ल्याउन सफल उनी अहिले पनि सहजै त्यस्तो आदेश ल्याउन लागि परेका हुन् ।

काठमाडौं जिल्ला अदालतदेखि आठ महिनाअघि कृषि विकास बैंकबाट र ६ महिना अघि ग्राण्ड बैंकबाट धितो लिलामी रोक्ने आदेश ल्याउन  मल्ल सफल भएका थिए ।

श्रीमती मिनरवा र सार्थक मल्लका नाममा माउन्टेन प्लाजा धितो राखेर ०६४ मा ग्राण्ड बैंकबाट लिएको १७ करोड रुपैयाँ नतिरेपछि बैंकले धितो लिलामी गर्ने सूचना निकालेको थियो ।

Landmark hotle
कमलादीस्थित होटल ल्याण्डमार्क प्रालि

सर्वसाधारण छल्न बैंकरको प्रयोग

मल्लले बैंकबाट मात्रै होइन सर्वसाधारणबाट पनि करोडौं रुपैयाँ ऋण लिएका छन् । बैंक छल्न अदालत गएका उनले सर्वसाधारण छल्न बैंकरलाई प्रयोग गरेका छन ।

बैंकको ऋण नतिरेर कालोसूचीमा परेको र लिलामी प्रक्रिाया अघि बढाउने भनिएको होटल चलाउन बैंकर नै लागेका छन ।

ल्याण्डमार्क होटल सञ्चालनको जिम्मेवारी तत्कालीन वागेश्वरी बैंक (हालको सांग्रिला बैंकका) पूर्वसञ्चाकल केदार पौडेलले लिएका छन् ।

उनीहरुले बैशाखदेखि नै होटल सञ्चालन गर्ने तयारी गरेपनि भूकम्पका साउन १ गतेदेखि होटल चलाउने भएका छन ।

मल्लले ल्याण्डमार्क होटल देखाएर लिएको ऋण नतिरेपपछि होटलमा पीडितहरुको ओइरो लाग्यो । अनि उनले होटल बन्द गरेका थिए ।

आफूले होटल सञ्चालन गर्न नसक्ने निष्कर्ष निकाल्दै मल्लले पौडेललाई १५ वर्षका लागि मासिक १५ लाख रुपैयाँ तिर्ने शर्तमा लिजमा दिएका छन् ।

मल्ललाई ऋण दिने सर्वसाधारण चिन्तीत

तर, बैंकले लिलामीको सूचना निकालेपछि मल्ललाई करोडौ रुपैयाँ लगानी गर्ने सर्वसाधारण भने चिन्तीत भएका छन । मल्ललाई ४ करोड रुपैयाँ ऋण दिएकी ७० वषिर्य कृष्ण न्यौपानेले अनलाइनखबरसँग भनिन् -‘त्यही होटल देखेर ऋण दिएकी थिएँ । अहिले त्यही सम्पत्ति बैंकले लिलाम गर्न लागिरहेको छ । मेरो त बिचल्ली हुने भयो ।’

न्यौपानेले बैंकले लिलामी गर्दा आफ्नो सम्पत्ति पनि असूल हुनेगरी लिलामी गर्ने व्यवस्था मिलाइदिन राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपाललाई ज्ञापनपत्र बुझाइसकेकी छन ।

‘मैले गभर्नरलाई हाम्रो पनि ऋण असूल हुने व्यवस्था मिलाउन ज्ञापनपत्र बुझाइसकेकी छु । उहाँले कृषि विकास बैंकलाई निर्देशन दिन्छु भन्नु भएको छ’ कृष्णाले भनिन् ।

malla-pidit
पीडित कृष्णा न्याैपाने

होलट खुलेकै दिन पीडितले धर्ना दिने

होटल लिजमा लिएका पौडेलले होटलका नाममा मल्लले लिएको ऋण तिर्ने प्रतिवद्धता जनाए पनि अहिलेसम्म नतिरेको न्यौपानेले बताइन् ।

‘नयाँ व्यवस्थापनले हाम्रो ऋण चुक्ता गर्ने प्रतिवद्धता जनाए पनि अहिलेसम्म नतिरेकोे दुखेसो पोख्दै उनले भनिन् -‘हाम्रो पैसा चुक्ता नभए दर्जनौको संख्यामा रहेका पीडितहरु होटल सञ्चालन भएकै दिनदेखि ल्याण्डमार्क परिषरमा धर्ना दिन्छौं ।’

यस्ता छन् आन्दोलनका कार्यक्रम

पहिलो चरणमा होटलमा धर्ना दिने, दोस्रो चरणमा नेपाल प्रहरीको केन्दि्रय अनुसन्धान व्यूरो (सीआइबी) होटल एसोसिएसन (हान), ट्राभल एसेासिएन (टान) नेपाल पर्यटन बोर्ड, भारतीय दूताबासमा होटलले ठगी गरेको जानकारी गराउँदै कारवाहीको पहल गरिदिन ज्ञापनपत्र बुझाउने न्यौपानेले जानकारी दिइन ।

‘त्यति गर्दा पनि पैसाँ नतिरे छोरा-बुहारी, नाती-नातिनासहित होटलको मूल गेटमा आमरण अनसन बस्छु ।’ उनले भनिन् ।

दर्जनौ पक्राउ पुर्जी तर पक्रिँदैन प्रहरी

‘मल्लका नाममा काठमाडौं जिल्ला प्रसासन कार्यालयले दर्जनौ पटक पक्राउ पुर्जी जारी गरेको छ । तर, प्रहरीले हालसम्म उनलाई फक्राउ गरेको छैन ।’ मल्लबाट ५० लाख बढी ठगिएका बद्री नेपालले भने ।

राष्ट्रिय सतर्कता केन्द्रले मल्ललाईं किन कारवाही नगरेको भन्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई प्रष्टिकरणसमेत लिइसकेको छ । तर, पनि प्रहरीले पक्राउ गरेको छैन ।

मल्ल बिरुद्ध करौडौ रुपैयाँ बराबरको बाउन्स चेक जारी गरेको भन्दै हनुमान ढोका प्रहरी परिसरमा दर्जनौ उजुरी छन् ।

ऋणले थलिएपछि मल्लको माउन्टेन होटल भने केही वर्षदेखि डन गणेस लामा र तप्तबहादुर विष्टले लिजमा सञ्चालन गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?