Comments Add Comment

यी हुन् महासंघ अध्यक्ष मुरारकाका पाँच चुनौति

पुष्प दुलाल

१७ असार, काठमाडौं । शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघको विषेश साधारणसभाले कार्यवाहक अध्यक्ष पशुपति मुरारकालाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गर्दैछ । अध्यक्षका प्रत्यासीद्धय भाष्करराज राजकणिर्कार र भवानी राणाले दुई दिनअघि नै उम्मेद्धारी फिर्ता गरी मुरारकालाई सर्वसम्मत अध्यक्ष स्वीकार गरिसकेका छन् ।

Pashupati-Murarkaमुरारका महासंघको बाँकी रहेको २३ महिने कार्यकालका लागि अध्यक्ष बन्दैछन् । चार वर्षे कार्यकालका लागि १५ महिनाअघि अध्यक्षमा निर्वाचित भएका प्रदिपजंग पाण्डेलार्इ भ्रष्टाचार कसूरमा प्रहरीले नियन्त्रण लिएपछि मुरारकालाई यतिछिटै अध्यक्ष बन्ने अबसर मिलेको हो ।

नेतृत्व पाउनु अबसर हो । तर, पदमा पुगेपछि आइपर्ने चुनौतिको सही तरिकारले व्यवस्थापन गर्न नसक्दा कयन नेतृत्वहरु असफल प्रसस्तै भएका छन् । नेतृत्वको असफलता व्यक्तिको मात्रै नभई संस्थाकै असफलता हो । त्यसैले, नेतृत्व लिनु तरबारको धारमा हिँड्नुसरह हो । जोगिएर हिँड्न जाने पार भइन्छ । सबैले बहादुर भन्छन् तर, धारले बीचैमा खुट्टा काटे यात्रा नै टुंगिन्छ ।

उद्योगीका हातमा नेतृत्व

मुरारकाले महासंघको नेतृत्व पाउँदा उद्योगीमाझ सकरात्मक सन्देश गएको छ । पहिलो त, उनी सर्वसम्म्त अध्यक्ष भए । दोस्रो, महासंघको नेतृत्व व्यापारीतिर जान खोजेको भनेर चिन्ता गर्नेहरु खुसी भए । किनकि मुरारका पुराना औद्योगिक घराना मुरारका अर्गनाइजेसनका प्रमुख हुन् । महासंघको नेतृत्व व्यापारीले नभई उद्योगीले लियो भने उद्योगीहरुका वास्तविक समस्या बुझ्ने र त्यही अनुसार सरोकारवाला निकायमा ‘डिल’ गर्ने महासंघका अधिकांस सदस्यहरुको मत छ ।

तर, मुरारकाका अघि चुनौतिको थुप्रो लागेको छ । केही चुनाैति यस्ता छन् ।

गिरेको प्रतिष्ठा बचाउने

fncci1 मुरारकाको पहिलो चुनौति भनेको महासंघको गिरेको प्रतिष्ठाको पुनरउ्रत्थान गर्नु हो । महासंघका निर्वाचित अध्यक्ष भ्रष्टाचार कसूरमा जेल परिसकेको र पराजित अध्यक्षले आफ्नो कम्पनीमा काम गर्ने श्रमजीबीहरुलाई महिनौदेखि तलब नदिएको लगायतका घटनाका कारण जनताले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण बदलिँदै गएको छ । उद्योगी-व्यापारी भनेका पैसाका लागि जे पनि गर्छन भन्ने बुझाइ जनतामा मात्रै होइन नेता र कर्मचारीतन्त्रमा पनि छ । समय-समयमा सार्वजानिक हुने कर छली, न्यून गुणस्तरका सामान बिक्री, कार्टेलिङ, सिन्डीकेटलगायतका घटनाले निजी क्षेत्रप्रतिको विश्वास घट्दै गएको छ । यस्ता काम गर्न राज्य संयन्त्रले बाध्य बनाएको पनि हुन सक्छ । तर, दोष उद्योगी/व्यवसायीकै थाप्लोमा जान्छ ।

अरुलाई गलत बाटोमा हिँडिस् भनेर खबरदारी गर्नसक्ने नैतिकता राख्न पहिला आफू सही बाटोमा हिँडेको हुनुपर्छ । प्रदिपजंग र भाष्करको नैतिकतामाथि प्रश्न उठाउने ठाउँ थियो । तर, अहिलेसम्म मुरारकाको नैतिकतामा प्रश्न उठाउने ठाउँ छैन । त्यसैले, उनको पहिलो चुनौति भनेको आफ्नो नैतिकता जोगाउने र व्यवसायीहरुलाई आफूजस्तै नैतिकवान बनाउने हो । व्यवसायीहरुको दिमागमा पैसा मात्रै हाइन नैतिकताले पनि बास गर्‍यो भने निजी क्षेत्रको गिरेको विश्वास फर्किन धेरै समय पर्खिरहनु पर्दैन ।

गुटको अन्त्य

प्रजातन्त्रमा विभिन्न गुटहरुको स्वाथ्र्य मिलाउन सक्ने व्यक्ति नै नेता हो । महासंघभित्रका विभिन्न गुटहरुको स्वाथ्र्य मिलाउन सकेका कारण मध्यमार्गी धारका मुरारका अहिले अध्यक्ष बन्न सफल भए । आफूलाई अध्यक्ष बनाउन एक भएका पूर्वअध्यक्ष, विद्यमान कार्यसमितिका पदाधिकारी तथा सदस्य र अधिकांस साधारण सदस्यहरुको एकता कायम राखिरहनु मुरारकाको अर्को चुनौति हो । स्वार्थ समूहको स्वार्थ बाझ्न थालेपछि नेतृत्वले एउटा निर्णय गर्नुपर्छ । त्यस्तो, निर्णय गर्दा नेतृत्वमाथि ठूलो दबाब पर्छ । आफ्नैहरु असफल बनाउन लाग्छन । त्यस्तो बेला नेतृत्व सरकार तथा सरोकारवालाहरुसँग मजबुत भएर प्रस्तुत हुन सक्दैन ।

मुरारकाकै बारेमा कुरा गर्दा उनलाई विगतमा र अहिले पनि पूर्वअध्यक्षहरुमध्ये सुरज बैद्य र पदम ज्योतिको मात्रै समर्थन छ । उनीहरुको समर्थन भोली पनि हुने छ । तर, बाँकी पूर्वअध्यक्षहरुले ठाउँ पाउनासाथ खुट्टा तान्न सक्छन् । कालोसूचीमा परेपनि महासंघको राजनीतिमा प्रभाव राख्ने व्यवसायीको पक्कै असल नियत हुँदैन । पूर्वअध्यक्षको गुट जिल्लातहसम्मै फैलिएको घामझैं छर्लङ्ग छ । अहिलेसम्म मध्यमार्गी भनेर चिनीएका मुरारकाले गुटहरु मिलाएर अघि बढ्न सक्छन् भन्ने विश्वास गर्न नसकिए पनि आशा चाहीँ गर्न सकिन्छ ।

सरकारसँगको सम्बन्ध

महासंघ नेतृत्वको अर्को चुनौति सरकारसँगको राम्रो सम्बन्ध कायम गर्नु हो । सरकार र महासंघको सम्बन्ध सुमधुर भएन भने सरकार र महासंघ मात्रै होइन, राष्ट्रनै असफल हुन्छ । सरकारले नीति बनाउने, नियमन गर्ने र निजी क्षेत्रले लगानी गर्ने हो । सम्बन्ध राम्रो भयो भने मात्रै निजी क्षेत्रमैत्री नीति निर्माण हुन्छन । आन्तरिक तथा बाहृय लगानी भित्रिन्छ अनि मुलुकले काँचुली फेर्छ । तर, सम्बन्ध सुमधुर गर्ने बहानामा मन्त्रीहरुले जे भन्यौ त्यही मान्ने र खबरदारी गर्ने बहानामा सरकारको विरोधमात्रै गर्ने भन्दा पनि असल निजी क्षेत्रको दायित्व निर्वाह गर्नेतर्फ केन्दि्रत हुनुपर्छ । तर, संक्रमणकालीन अवस्था र अस्थिर सरकारका कारण सरकार र निजी क्षेत्रको सम्बन्धमा एकले अर्कालाई पूर्ण विश्वास र सहयोग गर्ने वातावरण बनेको छैन । भूकम्पले मुलुकमा रहेका धेरै भाैतिक संरचनामा क्षति पुर्याएको छ । समग्र देश अब पुननिर्माणमा जाँदै छ । यस्ताे अवस्थामा इमानदार भएर भाैतिक संरचनाको पुनिनर्माण गर्न सरकारलार्इ सघाउनु अावश्यक छ ।

उत्पादन बढाउनु 

पछिल्लो वर्षहरुमा थुप्रै उद्योगीहरु नयाँ उद्योग थप्नुको साटो भएका उद्योग बन्द गरेर व्यापारमा लागेका छन् । लगानीमैत्री वातावरण बन्न नसक्दा उद्योगीहरु व्यापारमा आकषिर्त भएका हुन् । जसले मुलुकको आन्तरिक औद्योगिक उत्पादन बढ्न सकेको छैन भने आयातका लागि मुलुकबाट मोटो रकम विदेशिएको छ । उद्योगीहरुलाई निर्धक्क भएर देशभित्रै उत्पादनमूलक उद्योग खोल्न सक्ने वातावरणको निर्माण गर्न महासंघको नेतृत्वको पनि भूमिका हुन्छ । देशबाहिर लगानी गर्ने दाउभन्दा पनि देशको उत्पादन बढाउने गरी लगानी गर्न उद्योगीहरुलाई प्रेरित गरी परिणाम नुकाल्नु मुरारकाको चुनाैति हो ।

सदस्यहरूको हित

महासंघ पेसागत संगठन हो । यसमा देशभर उद्योग व्यवसाय सञ्चालन गर्नेहरू सदस्य छन । सदस्यहरूको हित गर्नु जुनसुकै संगठनको दायित्व हो । तर, सदस्यहरूको हित गर्ने सवालमा भ्याट छल्ने, कालोबजारी गर्ने, गणस्तरहीन सामाग्री उत्पादन गर्ने, कार्टेलिंग र सिन्डीकेट गर्ने उद्योगी व्यवसायीहरूलार्इ कारवाही गर्न सरकारलार्इ सहयोग गर्नु कर्तव्य हुँदाहुँदै पनि महासंघ नेतृत्वको चुनाैतिपूर्ण कार्य हो । यसबाहेक पनि मुरारकाका अनेक चुनाैति छ ।

अाफ्नो निजी व्यवसायमा मुरारकाले २३ महिना खासै समय दिन पाउँने छैनन् । जसले उनलार्इ अाम्दानीमा पनि केही असर पर्ने देखिन्छ । तर, राष्ट्रियर अन्तराष्ट्रिय एक्सपोजर पैसा भन्दा ठूलो हो भन्ने कुरा मुरारकाले पक्कै पनि सोचेकै हुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment