Comments Add Comment

रायन हृयारिसद्वारा सन्यासको घोषणा

Ryan-Harris

१९ असार, काठमाडौं । एसेज टेष्ट सुरुहुनुभन्दा एक साता अघि अष्ट्रेलियाको पेश बलर रायन हृयारिसले सन्यासको घोषणा गरेका छन् । यसले अष्ट्रेलियालई झट्का लागेको छ ।

बुधबार एसेक्सबिरुद्धको अभ्यास खेलमा उनलाई पहिलो टिममा स्थान दिइएको थियो तर, घाइते भएपछि उनले अभ्यास खेल मात्र गुमाएनन्, पहिलो टेष्ट टोलीमा समेत परेनन् ।

लगतै ३५ वर्षे बलर हृयारिसले सबै फ्म्याटको क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।  उनले गत जुलाइमा भारतबिरुद्ध उनले अन्तिम पटक टेस्ट खेलेका थिए ।

सन् २०१३ को एसेज टेस्टमा उनले सर्वाधिक २४ विकेट लिएका थिए । उनले एसेजमा ४६ विकेट लिइसकेका थिए ।

उनले भने-म धेरै भाग्यमानी रहेछु । मैले २७ टेस्ट खेले, जुन मैले सोचेभन्दा धेरै हो र मैले प्रत्येक क्षण इन्जोइ गरेँ ।’

हृयारिस एकदिवसीय क्रिकेटमा ४४ विकेट लिएका छन् । उनलाई स्वीइङ बलका लागि अब्बल मानिन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment