Comments Add Comment

१६ बुँदे सहमतिको विरोधी संविधानको पनि विरोधी : गुरुङ

२० असार, ओखलढुंगा । एमाले सचिव पृथ्वीसुब्बा गुरुङले संविधान निर्माणका लागि भएको १६ बुँदे सहमति र संवैधानिक अदालतको विरोध गर्नेहरु संविधान विरोधी भएको बताएका छन् ।

Prithivi-Subba-Gurung-UMLओखलढुंगा सदरमुकाममा आइतबार एमाले जिल्ला प्रतिनिधि परिषद उदघाटन समारोहलाई सम्वोधन गर्दै सचिव गुरुङले विदेशी शक्तिकेन्द्रको इशारामा सहमतिको विरोध भैरहेको टिप्पणी गरे ।

उनले भने, सहमति र संवैधानिक अदालतको विरोध गर्नेहरु संविधान विरोधी हुन्, सहमतिको विरोध गर्नु भनेको संविधान निर्माणमा अवरोध गर्नु हो ।’

मुख्य चार राजनीतिक शक्तिहरुले नेपाली जनताको अपेक्षा अनुसार स्वविवेकले गरेका गरेको १६ बुँदे सहमति कोशेढुंगा भएको उनले दाबीसमेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment