Comments Add Comment

पत्नी माइत गएको निहुँमा युवकद्वारा आत्महत्या

२२ असार, गौशाला । महोत्तरीको मनरा गाविसमा एक युवकले पत्नी माइत गएको निहुँमा आत्महत्या गरेका छन् ।

susideमृत्यु हुनेमा मनरा गाविस–७ बस्ने रामप्रगास साहका छोरा २९ वर्षीय अजय साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

तीन/चार दिनअघि पतिपत्नीबीच घरायसी विवाद भएपछि पत्नी साहलाई छाडेर माइती गएको थिए ।

सोही निहुँमा साहले मंगलबार बिहान ५ बजे आफ्नै घरको धुरीमा साडीको पासो लगाई झुन्डिएर आत्महत्या गरेको प्रहरी निरीक्षक नरेश महतोले जानकारी दिएका छन् ।

मृतक युवक साहको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment