Comments Add Comment

कल्याण श्रेष्ठ प्रधानन्यायाधीशमा नियुक्त, सपथ र कार्यभार पनि आजै

Kalyan-Shresth२३ असार, काठमाडौं । राष्ट्रपति डा. रामवरण यादवले सर्वोच्च अदालतका बरिष्ठ न्यायाधीश कल्याण श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्ति गरेका छन् ।

संवैधानिक परिषदको सिफारिसमा श्रेष्ठलाई राष्ट्रपति यादवले बुधबार बिहान प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् ।
राष्ट्रपतिका कानुनी सल्लाहकार ललितबहादुर बस्नेतका अनुसार बिहान ९ बजे श्रेष्ठको सपथ ग्रहण कार्यक्रम तय भएको छ ।

सपथपछि बिहान ११ बजे श्रेष्ठले सर्वोच्च अदालतमा आफ्नो कार्यभार सम्हाल्नेछन् ।
यसैबीच राष्ट्रपति डा रामबरण यादव दिउँसो तीन बजे सरकारको निती तथा कार्यक्रम घोषणाका लागि व्यवस्थापिका संसउदमा जाने कार्यक्रम रहेको बस्नेतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment