Comments Add Comment

लुकेरै धाउँछन जीप फ्लायर र बञ्जीमा तन्नेरी जोडी

Bunjy-Jump-Pokhara-2

नविन अर्याल

२१ असार, काठमाडौं । काठमाडौं बानेश्वरका विशाल थापा केही दिनअघि प्रेमिकासँग पोखराको सराङकोटमा भेटिए । प्रेमिकासँग साहसिक खेल जीप फ्लायरको मज्जा लिन उनी त्यहाँ पुगेका थिए ।

जीप फ्लायर गरेपछि सामुहिक फोटो लिन खोज्दा उनी एक्कासी तर्सिए । कुरो बुझ्दा दुबै जना घरमा नभनी सुटुक्क पोखरा पुगेका रहेछन । उनीमात्र होइन धेरै जोडीहरु जीप फ्लायर तथा बञ्जी जम्प गर्नका लागि लुकेरै भएपनि पोखरा पुग्ने गर्छन ।

जीप फ्लायर र बञ्जीमा खासगरी नयाँ विवाहित जोडी, पे्रमी प्रेमीका, परिवार, कलेज विद्यार्थीहरु बढी हुने गर्छन । कलेजबाट भागेरै जीप फ्लायर र बञ्जी गर्न पोखरा पुग्नेहरु धेरै भेटिन्छन ।

पछिल्लो समय जीप र बञ्जी पोखराकै आकर्षण बन्न पुगेका छन् । पोखरा आउने धेरैजसोले जीप र बञ्जीको मज्जा लिने गरेको हाइग्राउन्ड एडभेञ्चर्स प्रालिका ब्राञ्च प्रमुख दिनेश महर्जन बताउँछन् ।

‘जीप फ्लायर गर्दा सोँचेभन्दा धेरै रमाइलो भयो’ प्रेमीकासँग फोटो खिच्न नमाने पनि अनलाइनखबरसँग हौसिँदै थापाले भने- ‘सुरुमा केही डर लागेपनि विस्तारै डर हराउँदो रहेछ ।’ उनले सबैलाई एक पटक जीप फ्लायरको अनुभव लिन सिफारिस समेत गरे ।

Jeep-Flyer-Pokhara

भूकम्पपछि पोखरामा विदेशी पर्यटक खासै देखिदैनन् । जीप र बञ्जीमा पनि ९५ प्रतिशत नेपाली हुने गरेको महर्जनले बताए । भूकम्प अगाडि ६० प्रतिशत विदेशी र ४० प्रतिशत नेपाली हुने गर्थे । विदेशीहरु नआए पनि स्वदेशी पर्यटकको भिड लाग्न थालेको उनको भनाई छ ।

अहिले रिलिफमा आएका विदेशीहरु जीप र बञ्जी गर्न आउने गरेको महर्जन बताउँछन् । भोलेन्टियरका रुपमा धादिङ आएका सिंगापुरका केइजन, ली र सल्ली पनि जीप फ्लायरमा भेटिए । पोखरामा जीप फ्लायर र बञ्जी गर्न पाइन्छ भन्ने थाहा पाएपछि आएको उनीहरु बताउँदै थिए ।

भौगोलिक रुपमा सानो मुलुक सिंगापुरमा साहसिक गतिविधिहरु खासै हुँदैनन । प्रकृतिको मज्जा लिँदै जीप फ्लायर गर्न पाएकोमा उनीहरु मख्ख देखिन्थे । सिंगापुर फर्किएपछि साथीहरुलाई साहसिक खेलको अनुभव बटुल्न नेपालमा जान आग्रह गर्ने केइजनले बताए । जीप फ्लायर गर्दा निक्कै मज्जा आएको उनको भनाई थियो ।

लोकदोहोरी गायक घनश्याम रिजालले जीप फ्लायर र बञ्जी गरेपछि अनलाइनखबरसँग निकै मज्जा अाएको सुनाए । राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान पोखरा च्याप्टरका महासचिव समेत रहेका रिजालले पहिलो पटक साहसिक खेलको अनुभव बटुलेका हुन् । उनले अन्य गायक गायिकालार्इ पनि जीप फ्लायर र बञ्जीको एक पटक अनुभव संगाल्न अाग्रह गर्ने बताउँदै थिए ।

५० प्रतिशत छुटले तान्यो

कम्पनीले जीप फ्लायर र बञ्जी जम्प दुबैमा ५० प्रतिशत छुट उपलब्ध गराएको छ । यही कारण आन्तरिक पर्यटकको आकर्षण बढ्दै गइरहेको महर्जनले बताए । भूकम्प गएको केही दिन बञ्जी र जीप फ्लायरमा सुनसान देखिएपनि अहिले चहल पहल बढ्न थालिसकेको छ ।

Pokhara-photo-2

कम्पनीले ५० प्रतिशत छुट उपलब्ध गराएपछि झरिमा समेत मानिसहरु जीप र बञ्जी गर्न गइरहेका छन् । पानी परिरहेको बेलामा जीप फ्लायर र बञ्जी गर्न पाइदैन । पानी रोकिनासाथ कम्पनीले बञ्जी र जीप फ्लायर गराउँछ ।

‘सुस्ताएको पर्यटनलाई गति दिन ५० प्रतिशत छुट उपलब्ध गराइरहेका छौं’ महर्जनले भने- ‘छुटमा मानिसको आकर्षण पनि बढ्दै गइरहेको छ, सेप्टेम्बर महिनासम्म यो छुट जारी रहन्छ ।’

कति तिर्नुपर्छ ?

पचास प्रतिशत छुटपछि नेपालीले जीप फ्लायर गर्नका लागि १९ सय ४५ रुपैयाँ र बञ्जीलाई १७ सय ४५ रुपैयाँ तिर्नुपर्छ । यस अगाडि जीप फ्लायरका लागि ३८ सय ९० रुपैयाँ र बञ्जीलाई ३४ सय रुपैयाँ तिर्नुपथ्र्यो ।

विदेशी नागरिकले भने छुटपछि जीप फ्लायर र बञ्जी गर्नका लागि ३२ सय ४५ रुपैयाँ तिरे पुग्छ । यसअघि जीप र बञ्जी गर्नका लागि विदेशीले ६ हजार ४ सय ९० रुपैयाँ तिर्नुपथ्र्यो ।

कम्पनीका अनुसार फोटो र भिडियोका लागि भने स्वदेशी विदेशी दुबै नागरिकले छुट्टै पैसा बुझाउनुपर्छ । पर्यटकले आफुले तिरको पैसाबाट पूर्ण सन्तुष्टी लिएर फर्किने गरेको कम्पनी बताउँछ ।

Pokhara-Bunjy

कतिले लिए जीप र बञ्जीको मज्जा ?

पोखरामा जीप फ्लायर तीन वर्ष अगाडि सञ्चालनमा आएको हो । बञ्जी जम्प सञ्चालनमा आएको भर्खरै वर्ष दिन पुग्दै छ । अहिलेसम्म जीप फ्लायर १०/१२ हजार जनाले गरिसकेका छन भने बञ्जी गर्नेहरु २५ सयको हाराहारीमा पुगिसकेका छन् ।

‘जीप र बञ्जीमा सोँचेभन्दा बढी आकर्ष देखिरहेको थियो’ महर्जनले भने- ‘यही बेलामा भूकम्प जाँदा मर्कामा परियो ।’ अहिले विदेशी पर्यटकका लागि अफ सिजन मानिए पनि भारतीय र चिनियाँ पर्यटकहरु आउने गर्थे ।

तर, जुलाई महिनामा चिनियाँ र भारतीय टोलीले बञ्जी र जीप फ्लायर बुकिङ गरिसकेको महर्जनले बताए । आगामी सिजनसम्म विदेशी पर्यटक बढ्न सुरु भइसक्ने विश्वासमा उनी छन् ।

जीप फ्लायरको दुरी १.८ किलोमिटर लामो रहेको छ । जुन दुरी पार गर्न ९० सेकेन्ड देखि २ मिनेटसम्म लाग्छ । । यो एशियाकै सबैभन्दा लामो र तीब्र गतिको जीप फ्लायर भएको कम्पनीको दाबी छ । बञ्जी भने ७५ मिटर अग्लो रहेको छ । बञ्जीको फि्र फल ३ देखि ४ सेकेन्डको मात्र हुन्छ ।

पोखरा आफैमा सुन्दर

Pokhara-photo

पोखरा आफैमा डेटिङ तथा हनिमुन मनाउन जाने सुन्दर ठाउँ हो । यहाँ देश विदेशबाट डेटिङ तथा हनिमुनका लागी भनेर हजारौं पर्यटक आउने गर्छन् । उनीहरुमध्ये अधिकांश जोडी जीप र बञ्जीको मज्जा लिएर फर्किने गर्छन ।

कम्पनीले यस्ता जोडा जोडीहरुलाई एकै पटक दुई सीटमा राखेर जीप फ्लायर गराउँछ । एकैसाथ आफ्नो मन परेको मान्छेसँग जीप फ्लायर गर्न पाउँदा उनीहरु निकै रमाउने गर्छन ।

साहसिक यात्रा

लेकसाइडबाट सराङकोटसम्म ४० मिनेटको यात्रा गर्नुपर्छ । कम्पनीले नेपाली हुलास मुस्ताङ गाडीमा सराङकोट पुर्‍याउँछ । पोखराबाट सराङकोटसम्म पुग्दा नै एडभेञ्चर फिल हुन्छ ।

सराङकोट पुगेपछि समग्र पोखरा, फेवाताल, हिमालहरु, प्यारागलाइडिङ उडेको दृश्यहरु हेर्न पाइन्छ । सराङकोट स्टेसनमा कम्पनीको एउटा क्याफे छ, जहाँ हल्का पेय पदार्थ लिएर इन्ज्वाए गर्न सकिन्छ ।

त्यहाँबाट अन्नपूर्ण हिमश्रृङ्खला हेर्न सकिन्छ । जम्प गर्ने स्थानबाट पोखरा भ्याली सबै देखिन्छ । जीप फ्लायर गर्दा मुनी जंगल र अगाडी हेम्जाको सुन्दर गाउँ देखिन्छ । जसले गर्दा जीप फ्लायरमा जाने पर्यटक पूर्ण सन्तुष्ट भएर फर्किने गर्छन ।

Jeep-Flyer-Pokhara-2

गोल्छा समुह अन्तर्गतको हाइग्राउन्ड एडभेञ्चर्स प्रालि र मंगलम इन्टरप्राइजेजले जीप फ्लायर र बञ्जीजम्प सञ्चालनमा ल्याएका हुन् । भरत गोल्छा र शरद गोल्छाले जीप फ्लायर हेर्छन् ।

हेम्जाको प्रवर्द्धन

पोखराको नजिकै रहेपनि ओझेलमा पर्दै आएको हेम्जा गाविस बञ्जी र जीप फ्लायर सञ्चालनमा आएसँगै चर्चामा आउन थालेको छ । यहाँ पनि विदेशी पर्यटकहरु पुग्न थालेका छन् ।

अर्गानिक कृषिका लागि परिचित रहेको हेम्जा पर्यटकीय गन्तव्यका रुपमा विकास हुन थालेको स्थानियहरु बताउँछन । बञ्जी र जीप फ्लायरकै कारण कतिपय स्थानियहरुले जागिर समेत पाएका छन् ।

Jeep-Flyer-Pokhara--3 Bunjy-Jump-Pokhara-4

Bunjy-Jump-PokharaBunjy-Jump-Pokhara-2

Jeep-Flyer-Pokhara--3 Bunjy-Jump-Pokhara-4 Bunjy-Jump-Pokhara

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment