Comments Add Comment

भारतीय प्रधानमन्त्री मोदी अर्को बर्ष पाकिस्तान जाने

Modi-And-Sarif

२५ असार, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तान भ्रमणको निम्तो स्वीकार गरेका छन् । उनी आगामी वर्ष हुने सार्क सम्मेलनमा भाग लिन पाकिस्तान जाने भएका छन् ।

शंघाई सहयोग संगठनको बाषिर्क सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री मोदी र उनका पाकिस्तानी समकक्षी नवाज शरीफबीच भेटवार्ता भएको छ । भेटमा मुम्बई आक्रमणको सुनुवाईलाई तीव्र बनाउने सहमति भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

दुबै नेताले आतंकवादको आलोचना गरेका छन् र यससँग लड्न सहयोगको बाचा गरेका छन् ।  भेटमा दुबै देशका राष्ट्रिय सुरक्षा सल्लाहकारबीच नयाँ दिल्लीमा आतंकवाद मुद्धामा छलफल गर्ने सहमति भएको छ ।

दुबै देशको हिरासतमा रहेका माछा मार्नेहरुहरुलाई ढुंगासहित १५ दिनभित्र रिहा गर्ने सहमति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment