Comments Add Comment

टी-२० विश्वकप छनोटमा नेपालको विजयी सुरुवात

Nepal

२५ असार, काठमाडौं । आईसीसी टी-२० विश्वकप छनोट क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ । शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको हो ।

अमेरिकाले प्रस्तुत गरेको १२२ रनको लक्ष्य नेपालले अन्तिम २ बल खेल्नु अघि ४ विकेट गुमाएर भेट्टायो । नेपालले पहिलो विकेट भने सस्तैमा गुमाएको थियो । ओपनर सागर पुन व्यक्तिगत ६ रनमा आउट भए, जतिबेला नेपालको स्कोर ६ रन थियो ।

तर, सुवास खकुरेलको स्थानमा आएका अनिल मण्डल र उपकप्तान ज्ञानेन्द्र मल्लले दोस्रो विकेटका लागि ७८ रनको साझेदारी गर्दै जितको आधार तयार पारे । अनिल २९ रनमा आउट भए ।

उपकप्तान ज्ञानेन्द्रले अर्धशतक पुरा गरे । ४३ बलको सामना गरेका उनले ६ चौका र एक छक्काको मदतमा ५२ रन बनाए ।

Sarad-Veswakar

पारस खड्का २१ र शरद भेसवाकर २ रनमा अविजित रहे । विनोद भण्डारीले ७ रन बनाए ।

अमेरिकाका जसदिप सिंहले २ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको अमेरिकाले २० ओभरमा सबै विकेट गुमाएर १२१ रन बनाएको थियो ।

अमेरिकाले पावर प्लेमा राम्रै रन जोडेको थियो । ६ ओभरमा १ विकेट गुमाएर ४९ रन बनाएको अमेरिकाले ६८ रन जोड्दा ३ विकेट गुमाएको थियो ।  तर, अकिम डोट्सन र फहद बाबर बाहेक उसका अन्य ब्याट्सम्यान चल्न सकेनन् । डोट्सन ३९ र बाबर २३ रनमा आउट भए ।

Sompal-Kami

अमेरिकालाई सस्तैमा समेट्ने क्रममा शक्ति गौचन र बसन्त रेग्मीले समान ३-३ विकेट लिए । सोमपाल कामीले २ तथा सागर पुनले एक विकेट लिए ।

२ ओभरमा २७ रन दिएका करन केसी महंगो सावित भए । कप्तान पारस खड्काले विकेट नलिएपछि ३ ओभरमा मात्र १० रन दिएका थिए ।

शक्ति म्यान अफ दि म्याच घोषित भए ।

Basanta-Ragmi

तस्वीरः आईसीसी 

Nepal-Vs-Usa

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment