२७ असार, कैलाली । कैलालीको सहजपुरमा विषालु जङगली च्याउ सेवनबाट एकै गाउँका २१ जना बिरामी परेका छन ।
जङगलमा भेटिएको विषालु च्याउ गाउलेहरुले मिलेर खाँदा सहजपुर ४ फल्टुडेका २१ जना विरामी परेका हुन । शनिबार राति च्याउ सेवन गरेर बिरामी परेका २१ जनाको जिल्ला प्रहरी कार्यालय, मालाखेती ईलाका प्रहरी र ईलाका प्रहरी कार्यालय फल्टुडेको टोली राति १ बजे उपचारका लागी सेती अञ्चल अस्पताल पुर्याएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रहरीका अनुसार बिरामी परेकामा १० महिला, १ पुरुष, ६ बालिका र ४ जना बालक रहेका छन । बिरामी मध्ये २५ वषिर्य शान्ति थापा, २७ वषिर्य दिला दर्लामी र १८ वषिर्या ओम दर्लालीको अवस्था गम्भिर रहको प्रहरीले जनाएको छ । अन्य सबै सामान्य छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4