+
+
Shares

अर्थमन्त्रीको भाषण : तीन वर्षमा सबै गाविसमा बाटो र बिजुली पुर्‍याउँछु

अनलाइनखबर अनलाइनखबर
२०७२ असार २९ गते १६:४८

२९ असार, काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले ३ वर्षभित्र देशभरिका सबै गाविसमा गाडीको बाटो र बिजुली पुर्‍याउने घोषणा गरेका छन् ।

ramsaran-mahat-1कर्णालीका केही जिल्ला सदरमुकामै यातायात सेवा नपुगेका बेला सबै गाविसमा बाटो पुर्‍याउने सम्भावना नरहेको अर्थविदको प्रतिक्रिया छ ।

सरकारले घोषण गरेको नीति तथा कार्यक्रममा तीन वर्षभित्र लोडसेडिङ हटाउने भनिएको छ । अर्थमन्त्री महतले बजेट भाषणका क्रममा योभन्दा अगाडि बढेर तीन वर्षमा प्रत्येक गाविसमा बाटोका साथै विजुलीसमेत पुर्‍याउने घोषणा गरेका छन् ।

तीन वर्षमा सबै गाविसमा विजुली पुर्‍याउने अर्थमन्त्रीको घोषणाबारे अर्थविद केशव आचार्यले अनलाइनखबरसँग भने-‘ अर्थमन्त्रीले गरेको यो घोषणा तीन वर्षमा पूरा गर्न असम्भव छ । यो सम्भव हुने घोषणा होइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?