Comments Add Comment

सरकारले ल्यायो ८ खर्ब १९ अर्बको बजेट (पूर्णपाठसहित)

Ramsaran Mahat (6)

नविन अर्याल 

२९ असार, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि ८ खर्ब १९ अर्ब ४६ करोड ८८ लाख ६४ हजाररुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

जसमध्ये चालु खर्चतर्फ ४ खर्ब ८४ अर्ब २६ करोड ६३ लाख ७५ हजार विनियोजन गरिएको छ । यसैगरी पूँजीगत खर्चतर्फ २ खर्ब ८ अर्ब ८७ करोड ४२ लाख ४२ हजार रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ १ खर्ब २६ अर्ब ३२ करोड ५२ लाख ६७ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

Budget, where the money goes

विनियोजन गरिएको यो रकम कुल बजेटको क्रमशः ५९.१ प्रतिशत, २५.५ प्रतिशत र १५.४ प्रतिशत हो । सरकारले गत आर्थिक वर्षमा ६ खर्ब १८ अर्ब १० करोड रुपैयाँको बजेट ल्याएको थियो । जसमा चालु खर्चतर्फ कुल बजेटको ६४.५ प्रतिशत अर्थात ३ खर्ब ९८ अर्ब ९५ करोड रुपैयाँ विनियोजन गरिएको थियो ।

यसैगरी पूँजीगत खर्चतर्फ १ खर्ब अर्ब ६६ अर्ब ७५ करोड रुपैयाँ अर्थात १८.९ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १६.६ प्रतिशत १ खर्ब २ अर्ब ३९ करोड रुपैयाँ विनियोजन गरिएको थियो ।

यस्तो छ बजेटको स्रोत

सरकारले आगामी आर्थिक वर्षको अनुमानित बजेटको स्रोत राजश्वबाट ४ खर्ब ७५ अर्ब १ करोड २१ लाख रुपैयाँ रुपैयाँ व्यहोर्ने भएको छ । त्यस्तै, साँवा फिर्ता प्राप्तीबाट २ अर्ब र वैदेशिक अनुदानबाट १ खर्ब १० अर्ब ९२ करोड ९४ लाख ७ हजार रुपैयाँ जुटाउने भएको छ ।

राजश्व, साँवा प्राप्ति र वैदेशिक अनुदानबाट रकम उठाउँदा पनि २ खर्ब ३१ अर्ब ५२ करोड ७३ लाख ७७ हजार रुपैयाँ न्यून हुन आउँछ । उक्त न्यून रकम पूर्ति गर्न वैदेशिक ऋणबाट ९४ अर्ब ९६ करोड ४७ लाख ४ हजार रुपैयाँ जुटाइने भएको छ ।

राजश्व परिचालन र वैदेशिक सहायता परिचालन गर्दा १ खर्ब ३६ अर्ब ५६ करोड २६ लाख ७३ हजार रुपैयाँ न्यून हुन्छ । सो पूर्ति गर्न ८८ अर्ब रुपैयाँ आन्तरिक ऋणबाट र ४८ अर्ब ५६ करोड २६ लाख ७३ हजार रुपैयाँ चलु वर्षको नगद मौज्दाताबाट ब्यहोरिने भएको छ ।

सरकारले गत आर्थिक वर्षको अनुमानित बजेटको स्रोत राजस्वबाट ४ खर्ब २२ अर्ब ९० करोड रुपैयाँ व्यहोर्ने जनाएको थियो । त्यस्तै साँवा फिर्ता प्राप्तिबाट १ अर्ब र वैदेशिक अनुदानबाट ७३ अर्ब ३८ करोड ५९ लाख २४ हजार रुपैयाँ जुटाउने बताएको थियो ।

नपुग भएको रकममध्ये वैदेशिक ऋणबाट ४९ अर्ब ५२ करोड ८७ लाख ७० हजार रुपैयाँ जुटाइने अर्थमन्त्री डा. महतले बताएका थिए । नपुग रकममध्ये ५२ अर्ब ७५ करोड आन्तरिक ऋणबाट र १८ अर्ब ५३ करोड ५३ लाख ६ हजार रुपैयाँ चालु वर्षको नगद मौज्दातबाट व्यहोरिने बताइएको थियो ।

नयाँ बजेट कुन क्षेत्रमा कति ?

Budget-info

आगामी वर्षका लागि पनि सरकारले सबैभन्दा बढी बजेट शिक्षा क्षेत्रमा छुट्याएको छ । मन्त्री महतले शिक्षा क्षेत्रमा ९८ अर्ब ६४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । गत वर्षपनि शिक्षा क्षेत्रमा सबैभन्दा बढी अर्थात ८२ करोड रुपैयाँ बजेट छुट्याएको थियो ।

त्यसैगरी नयाँ बजेटमा सुरक्षा क्षेत्रमा ७१ अर्ब ५ करोड रुपैयाँ बजेट बिनियोजन गरिएको छ ।

कृषिमा ६६ अर्ब ८२ करोड, यातायातमा ६२ अर्ब २६ करोड, उर्जामा ५१ अर्ब, खानेपानीमा १६ अर्ब, सामाजिक सुरक्षा ११ अर्ब, ४ अर्ब ५६ करोड, सिँचाइमा ३ अर्ब ४० करोड र विपद तथा जोखिम व्यवस्थामा ३ अर्ब ११ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । 

सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि ३८ खर्ब ३६ करोड छुट्याइएको छ । साथै अपराध रोकथाम र अपराध अनुसन्धान प्रभावकारी बनाउन प्रहरी मेरो साथी कार्यक्रम चलाउने भएको छ । यस अन्तरगत युवा स्वयंसेवकहरु परिचालन गरिनेछ ।

प्रहरीको अनुसन्धान क्षमता बढाउन बजेटमा १६ करोड विनियोजन गरिएको छ ।

सेनालाई ३२ अर्ब ६९ करोड विनियोजन गरिएको छ । साथै सबै प्रकारको विपद् व्यवस्थापन गर्न सक्षम विशेष कार्यदल निर्माण गरिने भएको छ ।

बेजटको पूर्णपाठ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment