Comments Add Comment

एनसीसी बैंक ‘गाभ्ने’ जिम्मा राष्ट्र बैंकलाई

पुष्प दुलाल

२ साउन, काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकका सेयरधनीले बैंक मर्जरको जिम्मा राष्ट्र बैंकलाई सुम्पेका छन् ।

रुपन्देहीको सिद्धार्थनगरमा सम्पन्न बैंकको १६ र १७औं विषेश साधारणसभाले राष्ट्र बैंकको व्यवस्थापन टोलीलाई मर्जरको जिम्मा दिने निर्णय गरेको हो ।
Ncc-bank
‘साधारणसभाले बैंकलाई उपयुक्त अर्को संस्थासँग मर्ज गराई नयाँ सञ्चालक समितिलाई जिम्मा लगाएरमात्रै फर्किने प्रस्ताव पारित गरेको  भनेको छ ।’ राष्ट्र बैंकले एनसीसीको सुधारका लागि पठाएको व्यवस्थापन समितिका संयोजक शिवनाथ पाण्डेले अनलाइनखबरसँग भने ।

छिट्टै मर्जर कमिटि गठन गरी संभाव्य संस्थाहरुको खोजी कार्य तीब्र पार्ने उनले जानकारी दिए । ‘जतिसक्दो चाँडो मर्ज गराई लगानीकर्तालाई बैंक सुप्पिएर राष्ट्र बैंक फर्किनेछ ।’ पाण्डेले भने ।

लगानीकर्ताको समुह एउटै भएकाले नेपाल बंगलादेश बैंक (एनबी) सँग मर्जरको छलफल भइरहेको उनले जानकारी दिए ।

बैंकका मूख्य लगगानीकर्ता एनबी समूह र निर्मल प्रधान समूहबीच सञ्चालक समितिमा एकले अर्कोलाई निषेध गरेकाले बैंक समस्यामा परेपछि १५ महिनाअघि राष्ट्र बैंकले सञ्चालक समिति ‘टेकओभर’ गरी सुधारको प्रक्रिया सुरु गरेको थियो ।

सुरुमा ६ महिनाका लागि टेकओभर गरेको राष्ट्र बैंकले तीन पटक समयावधि थपिसकको छ । बैंकलाई मर्जर गराउन राष्ट्र बैंकले अझै केही महिना एनसीसीलाई आफ्नो नियन्त्रणमै राख्ने पाण्डेले बताए ।

यसकारण मर्जर

फेरिपनि बैंकको सञ्चालक समितिमा लक्ष्मीदास श्रेष्ठ र निर्मल प्रधान खेमाकै प्रतिनिधित्व हुने भएकाले राष्ट्र बैंकको टोलीले नै मर्ज गराउने भएको हो ।  ‘मर्ज भयो भने अन्य समूहको पनि प्रवेस हुने भएकाले यी दुई समूहको झगडाले बैंकलाई समस्या गर्दैन ।’ पाण्डेले भने ।

४० प्रतिशत लाभांस स्वीकृत
साधारणसभाले ३८ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांस गरी सेयरधनीलाई ४० प्रतिशत लाभांस दिने व्यवस्थापन समितिको प्रस्ताब पनि पारित गरेको छ ।

बैंकको पुँजी वृद्धि गर्न बोनस सेयर प्रदान गरिएको पणडेले बताए ।  बोनस सेयर वितरणपश्चात बैंकको चुक्ता पुँजी २ अर्ब २ करोड रुपैयाँ पुगेको छ । यसअघि चुक्ता पुँजी १ अर्ब ४७ करोड रुपैयाँ थियो । वाणिज्य बैंकहरुको न्यूनतम चुक्ता पुँजी २ अर्ब हुनुपर्ने व्यवस्था छ ।

६१ करोड नाफा
हाल बैंकको वित्तीय अवस्था स्वस्थ्य रहेको पाण्डेले जानकारी दिए । ‘राष्ट्र बैंकले जिम्मा लिएपछि बैंकका वित्तीय सूचकांकमा सुधार आएको छ’ उनले भने ।

पाण्डेका अनुसार आर्थिक वर्ष २०७१/०७२ मा बैंकले ६१ करोड रुपैयाँ नाफा कमाएको छ । यस अवधिमा बैंकले २६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

इतिहासमा के छ ?
नेपालको बैंकिङ इतिहासमा राष्ट्र बैंकले एनसीसीसहति दुई वाणिज्य बैंकको सञ्चालक समिति र दुईको बैंकको व्यवस्थापन समितिमा हस्तक्षेप गरेको छ ।

राष्ट्र बैंकले यसअघि बैंक अफ काठमाण्डूको सञ्चालक समितिमा हस्तक्षेप गरेको थियो । त्यसैगरी एनबी बैंक र लुम्बीनी बैंकको व्यवस्थापनमा पनि हस्तक्षेप गरेको थियो । देशमा ३० वाणिज्य बैंकहरु सञ्चालनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment