Comments Add Comment

बजरंगी भाइजानः कथा भन्दा मनोरञ्जन बढी

फिल्म समिक्षा
चलचित्रः बजरंगी भाइजान
निर्देशकः कबीर खान
निर्माताः सलमान खान, रकलाईन वेकटेश
कलाकारः सलमान खान करिना कपुर, नवाजुद्धिन सिद्दिकी, हर्षाली मल्होत्रा

Bajrangi-Bhaijaan-Salman-Khan-1

निर्देशक कबिर खान तीन वर्षपछि फेरी ठूलो पर्दामा फर्किएका छन् । ‘बजरंगी भाईजान’ मार्फत । सन २०१२ मा सलमान र कबिरको जोडीले ‘एक था टाईगर’ लिएर आएको थियो । तत्कालीन समयमा सबै भन्दा धेरै कमाई गर्ने फिल्मको रुपमा चिनिएको थियो उक्त चलचित्र । यसपालीको ‘बजरंगी भाईजान’ले कस्तो गर्छ हेर्न बाँकी नै छ ।

कथा कस्तो छः ट्रेलर हेरेरै अनुमान गर्न सकिन्छ । चलचित्र भारत पाकिस्तानसंग सम्बन्धित छ । मुन्नी (हर्षाली मल्होत्रा) ६ वर्षकी बच्ची हुन् । उनी झुक्किएर पाकिस्तानवाट भारत आईपुग्छिन् । तर, कसैलाई पनि आफ्नो घर, बाबु आमा आदी वारे भन्न सक्दिनन् । किनकी उनी बोल्न नसक्ने हुन्छिन् ।

आफन्तको खोजीमा रहेकी मुन्नीको भेट पवन कुमार चतुर्वेदी बजरंगी (सलमान खान)सँग हुन्छ । बगरंगीले मुन्नीलाई धेरै शहर घुमाउछन् तर, कुनै पनि शहरमा रमाउदिनन् उनी ।

बजरंगीले जब पाकिस्तानी शहरको नाम लिन्छन् मुन्नीले टाउको हल्लाएर खुसी भएको जनाउछिन् । बजरंगी चाहन्छन् मुन्नीलाई शकुशल पाकिस्तान पुर्‍याउन सकियोस् । बजरंगीले पाकिस्तान जान भन्दै भिषाका लागि निकै प्रयाश गर्छन् ।

अथक प्रयाश गर्दा पनि भिषा नपाएपछि बजरंगी बिना भिषा पाकिस्तान जाने निर्णय गर्छन् । जुन काममा बजरंगीलाई सपोर्ट गरेका हुन्छन् पाकिस्तानी पत्रकार (सिद्दीकी)ले ।

मुन्नीलाई पाकिस्तान छोड्न गएको बेला बजरंगी ठूलै समस्यामा पर्छन् । उनले कस्ता समस्याको सामाना गर्नुपर्छ त्यसका लागि फिल्म नहेरी सुखै छैन ।

निर्देशनः कबिर खानले यसअघि काबुल एक्सप्रेश, न्यु योर्क, एक था टाईटर जस्ता फिल्म निर्देशन गरेका छन् । उनका यी कामको राम्रै तारिफ भएको पनि थियो ।
‘बजरंगी भाईजान’ले फेरि उनलाई एक पटक राम्रो निर्देशकको श्रेणीमा उभ्याईदिएको छ । फिल्मको स्क्रिप्ट चित्त बुझ्दो छ । पूर्ण मनोरञ्जनयुक्त फिल्मले केही क्षण भए पनि दर्शकलाई अर्कै संसारमा लैजान्छ ।

अभिनयः सलमान खान आफ्नो भुमिकामा फिट छन् । पवन कुमार चतुर्वेदीको भुमिका उनलाई निकै सुहाएको छ । नवाजुद्दिन सिद्धकीको अभिनयमा खोट लगाउने ठाउँ पटक्कै छैन ।

फिल्म हेर्दा लाग्छ उनी एक कुशल अभिनेता हुन् । करिना कपुर खानले एक शीक्षिकाको भुमिका कुशलता पूर्वका निर्वाह गरेकी छिन् । उनको लुक्स निकै राम्रो छ । निकै राम्रो काम गरेकी छिन् वाल कलाकार हर्षाली मल्होत्राले ।

संगीत: फिल्मको संगीतमा पनि खोट लगाउने ठाउँ छैन । सेल्फी ले ले रे, भर दे झोली, आज की पार्टी मेरी तरफ से, तु चाहिए पहिल्यै चर्चित भएका थिए । यसको अतिरिक्त एउटा लोकगीत छ आज रंग है, जुन गीत दर्शकलाई निकै मन परेको छ ।

अन्तमा
यदि तपाई सलनमान खानको प्रसंशक हो, करिना कपुरको अभिनय मन पर्छ । नवाजुद्दिन सिद्दिकीको अभिनय र हर्षाली मल्होत्राकी अभिनय हेर्न चाहनुहुन्छ भने यो फिल्म गज्जब लाग्छ । तर, तपाई फिल्मसँगै समाजका लागि केही सन्देश पनि चाहनुहुन्छ भने नहेर्दा पनि हुन्छ ‘बजरंगी भाईजान’ ले तपाईलाई मनोरञ्जन बाहेक शिक्षा पटक्कै दिंदैन । – ऐजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment