+
+

कात्तिक १ गतेबाट हलमा ‘ई-टिकटिङ’, नमान्ने हल बन्द हुने

अनलाइनखबर अनलाइनखबर
२०७२ साउन ३ गते १०:३२

film-bikash-board
बक्स अफिस लागू गर्ने बिषयलाई आफ्नो मुख्य मुद्दा बनाएका चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राइले सुरुवातमा ‘ई-टिकटिङ’ लागू गर्नुपर्ने नियम लागू गर्न लागेका छन् । काठमाण्डौ, भक्तपुर र ललितपुरका सबै हलमा कात्तिक १ गतेबाट अनिवार्य रुपमा यो व्यवस्था लागू गर्नुपर्नेछ ।

अहिले काठमाण्डौका अधिकांश मल्टिप्लेक्समा ‘ई-टिकटिङ’को व्यवस्था भएपनि सिंगल हल र गोपी, गुण जस्ता हलमा यो व्यवस्था छैन । जसका कारण निर्माताले वितरक र हलवालाहरुको भरमा आफ्नो चलचित्रको व्यापार थाहा पाउने गरेका छन् ।

तर, कात्तिक १ गतेबाट हलहरुमा यो सिस्टमबाट टिकट काटिनुपर्नेछ । यसका लागि विकास बोर्डले आज १ बजे काठमाण्डौ, भक्तपुर र ललितपुरका सबै हलवालाहरुसँग छलफल गर्न लागेको बोर्ड सदस्य सुरेशदर्पण पोख्रेलले जानकारी दिए ।

माघ १ गतेबाट भने काठमाण्डौ बाहिरका सबै हलमा यो सिस्टम लागू हुनेछ । हलहरुसँगको छलफल सकारात्मक भएन भने के गर्नुहुन्छ भन्ने प्रश्नमा दर्पणले भने-‘राज्यले लागू गर्न लागेको नियम पनि मान्दिन भन्नेलाई कारवाही हुन्छ । जस अन्तर्गत ‘ई-टिकटिङ’ लागू नगर्ने हल बन्द हुन्छ ।’

यसका लागि हलमा चाहिने सर्भर र कप्यूटर खरिद गर्न बोर्डले तत्काल कुनै सहयोग गर्न नसक्ने जनाएको छ । तर, यसका लागि राज्यको तर्फबाट कर छुटका लागि बोर्डले पहल गर्न सक्ने बताइएको छ ।

अब, कुनै पनि नयाँ हलले इजाजत लिनका लागि पहिले नै ‘ई-टिकटिङ’ लागू गर्नुपर्नेछ । यसरी टिकट विक्री हुँदा निर्माताले आफ्नो चलचित्रको स्पष्ट हिसाब पाउनेछन् । बोर्डको शुक्रबार बसेको बैठकले यो निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?