Comments Add Comment

२ दिनमा ‘बजरंगी भाइजान’को कमाई ६३ करोड, नेपालमा पनि आक्रामक व्यापार

Bajrangi-Bhaijaan-Salman-Khan-1
बलिउड नायक सलमान खान अभिनित चलचित्र ‘बजरंगी भाइजान’ले भारतमा आक्रामक व्यापार गरेको छ । देशभरका करिब ५ हजार हलमा प्रदर्शनमा आएको यो चलचित्रले २ दिनमा ६३.७५ करोडको कमाई गरेको छ ।

शुक्रबार २७.२५ करोडको कमाई गरेको यो चलचित्रले शनिबार आफ्नो कमाइमा उछाल ल्याएको छ । शनिबार यो चलचित्रले ३६.५० करोडको व्यापार गरेको चर्चित पत्रकार तरण आदर्शले ट्विटरमार्फत जानकारी दिएका छन् । आज आइतबार परेको सार्वजनिक बिदामा चलचित्रको व्यापार अझ बढ्ने पक्का छ । यसरी हेर्दा यो चलचित्रले ३ दिनमा १ सय करोडको आँकडा छुने देखिएको छ ।

सलमान खानले लामो समयपछि कथावस्तु भएको राम्रो चलचित्र खेलेको विश्लेषण दर्शक तथा विश्लेषकहरुले गरेका छन् । सलमानको यअसघि प्रदर्शनमा आएको चलचित्र ‘किक’ले ३ दिनमा ८८.८३ करोडको कमाई गरेको थियो ।

सलमानले नायक साहरुख खानले बनाएको रेकर्ड  यसपटक पनि तोड्न सकेनन् । साहरुख खानको चलचित्र ‘ह्याप्पी न्यू ईयर’ले पहिलो दिन ४४.९७ करोडको कमाई गरेको थियो । यो चलचित्रले ३ दिनमा १०८ करोडको कमाई गर्दै रेकर्ड राखेको थियो । सलमानलाई यो रेडर्क तोड्न पनि मुश्किल पर्ने देखिन्छ ।

सकारात्मक समिक्षाका कारण यो चलचित्रले केही नयाँ रेकर्ड बनाउने अपेक्षा गरिएको छ । नेपालमा पनि यो चलचित्रले आक्रामक व्यापार गरिरहेको छ ।

यो चलचित्रले शुक्रबार र शनिबार आक्रामक व्यापार गरेको हलवालहरुले बताएका छन् । कुनै पनि नेपाली चलचित्र नहुँदा करिब १२० पर्दाबाट प्रदर्शनमा आएको यो चलचित्रले १ करोड ८० लाखको कमाई गरेको बताइएको छ । यो ग्रस कलेक्शन हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment