Comments Add Comment

भृकुटीमण्डप भूकम्पको केन्द्र !

Kathmandu
७ साउन, काठमाडौं । काठमाडौंको भृकुटीमण्डप र टुकुचा नदीको बीचलाई केन्द्रविन्दु बनाएर बुधबार राति ४.६ रेक्टरस्केल म्याग्नेच्यूटको भूकम्पको पराकम्प गएको छ ।

राति १० बजे १४ मीनेटमा गएको भूकम्प ४.६ रेक्टरस्केल म्याग्नेच्यूटको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

Earth-Quake

  • पराकम्प गएको केही समयपछि राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारी

काठमाडौंको मूख्य स्थानलाई केन्द्र विन्दु बनाएर पराकम्प गएपनि राष्ट्रिय भूकम्प मापन केन्द्रले यसको केन्द्रविन्दु सिन्धुपाल्चोक रहेको जनाएको थियो । पछि विवरण सच्याउँदै केन्द्रले पराकम्पको केन्द्रविन्दु भृकुटीमण्डप र टुकुचा नदीको बीच रहेको नक्सा सार्वजनिक गरेको छ ।
Brikutimandap
गत वैशाख १२ गते बारपाक केन्द्र बनाएर गएको भूकम्पपछि अझै पनि त्यसका पराकम्प जानेक्रम जारी छन् । यद्यपी पराकम्प जाने क्रम भने निकै कम हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment