Comments Add Comment

मलेसिया र बैंकक जानेलाई दुईटा टिकट किन्दा एउटा सित्तैमा

Nepal-Airlines-New-plane-Sagarmatha  (2)

७ साउन, काठमाडौ । नेपाल वायुसेवा निगमले क्वालालम्पुर र बैंकक जानेलाई दुई टिकटमा एउटा टिकट सित्तैमा दिने घोषणा गरेको छ ।

क्वालालम्पुर र वैंककको यात्रु नभएपछि निगमले नयाँ अफर ल्याएको हो । यो सेवा आगामी भदौ १४ गतेसम्म प्रदान गरिने निगमले जनाएको छ ।

काठमाडौ-बैंकक-काठमाडौ र काठमाडौ-क्वालालम्पुर-काठमाडौको दुई तर्फी हवाई टिकट दुईवटा खरिद गर्दा एउटा टिकट सित्तैमा प्रदान गर्ने ब्यवस्था गरेको निगमले जनाएको छ । निगमको विशेष छुट अफरले छुट्टी मनाउन क्वालालम्पुर वा बैंकक जानेलाई ठूलै राहत मिलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment