Comments Add Comment

देश छाड्दा रोए आदित्य

७ साउन, काठमाडौं । हतारमा जन्मदिन मनाउँदै बालक आदित्य दाहाल बिहीबार स्वास्थ्योपचारका लागि अमेरिका प्रस्थान गरेका छन् । बाबु शेषराज र आमा ईश्वराका साथमा त्रिभूवन विमानस्थलबाट प्रस्थान गर्ने क्रममा उनी निकै रोए ।

Aditya Dahal (2)

बिहिबार नै आदित्यको जन्मदिन पनि हो । उनी ४ वर्ष पूरा गरी ५ मा टेकेका छन् । बिमानस्थल जानुअघि सरस्वतिनगरस्थित निवासमा सानो जमघटबीच केक काटिएको थियो । जमघटमा नजिकका आफन्तहरु सहभागी थिए ।

बिमानस्थल पुग्दा आदित्य खुशी थिए । उनले कागज मागेर सरकारलाई सन्देश पनि लेखे । उनले लेखेका छन्ः नेपाल सरकारलाई धन्यवाद । म स्वस्थ भई फर्किने अपेक्षा गरेको छु ।’

Aditya Dahal (4)

आफन्तहरुले विदाईको हात हल्लाउन थालेपछि आदित्य धुरुधुरु रोएका थिए । बिमानस्थलमा सञ्चारकर्मीसित बोल्दै आदित्यकी आमा ईश्वराले आफ्नो छोराको उपचारका लागि सहयोग गर्ने र स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिएकी छिन् ।

अमेरिकाको स्ट्याण्डफोर्ड अस्पतालमा आदित्यको उपचार हुनेछ । २७ तारिखका दिन उनको पहिलो स्वास्थ्यपरिक्षण गर्ने कार्यक्रम छ । साढे तीन वर्षको उमेरदेखि शारिरीक रुपमा अशक्त बनेका आदित्यको उपचार नेपालमा असम्भव भएपछि अमेरिका लगिएको हो ।

बोल्न र हिँडडुल गर्न नसक्ने उनको दिमागी क्षमता भने असाधारण छ । कहिल्यै विद्यालय नगएका उनी कागजमा लेखेर जस्तोसुकै प्रश्नको जवाफ दिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment