Comments Add Comment

‘बजरंगी भाईजान’लाई युपीमा ट्याक्स फ्री

Bajrangi-Bhaijaan-Salman-Khan-1

मुम्बई । आर्थिक रुपमा कमजोर भएकाहरुका लागि सस्तो चेन हल सञ्चालन गर्ने तयारीमा रहेका अभिनेता सलमान खान आफ्नो फिल्म ‘बजरंगी भाइजान’ लाई उत्तर प्रदेशमा ट्याक्स फ्री गराउन सफल भएका छन् ।

गएको हप्ता सलमानले आफ्नो फिल्मलाई ट्याक्स फ्री गर्नुपर्ने माग गरेका थिए । सलमानको आग्रह स्वीकार गर्दै उत्तर प्रदेश मुख्यमन्त्री अखिलेश यादबले ट्याक्स फ्री गर्ने घोषणा गरेका हुन् ।

यस चलचित्रलाई सलमानले पाकिस्तान र भारतका प्रधानमन्त्रीलाई हेर्न आग्रह समेत गरेका छन् । अहिले भारतमा प्रदर्शन भइरहेको यस चलचित्रले पहिलो साता १०२.६ करोड रुपैयाँ कारोवार गरेको थियो । एकसय करोड क्लबमा प्रवेश गरेको सलमानको यो आठौं चलचित्र हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment