Comments Add Comment

विप्लव अरबको रमझममा व्यस्त !

८ साउन, काठमाडौं । नेपाल बन्दका क्रममा विप्लवका कार्यकर्ताले देशैभरि दर्जनौं सवारी साधनमा तोडफोड र आगजनी गरिरहँदा पार्टी नेता नेत्रविक्रम चन्दचाँहि अरबको रमझममा मस्त रहेका छन् ।

नेत्रविक्रम चन्द 'विप्लव' (फाइल तस्वीर)
नेत्रविक्रम चन्द ‘विप्लव’ (फाइल तस्वीर)

अरबका विभिन्न देशमा कार्यरत नेपाली श्रमिकमाझ कमिटी गठन एवं चन्दा संकलनमा खटिएका विप्लव शुक्रबार युएईमा थिए । अघिल्लोसाता अरबको भ्रमणमा निस्केका उनी सोमबार नेपाल फर्कने कार्यक्रम छ ।

अरब मुलुकका कुबेत, साउदी, बहराइन लगायतका देशमा विप्लवले पार्टी कमिटी गठन गरेका छन् । त्यहाँ रहेका एमाओवादी र वैद्य माओवादीका कार्यकर्तालाई आफूतिर तान्ने र उनीहरुको आर्थिक एवं सांगठनिक स्रोत आफ्नो पक्षमा पार्ने रणनीति अनुसार विप्लव अरबतिर लागेका हुन् ।

नेपालमा कार्यकर्ताले प्रहरी दमन खेप्नु परेको तर विप्लव विदेश शयरमा रहेको भनेर आलोचना भएपछि उनी भ्रमण छोट्याएर शुक्रबारै नेपाल फर्किन लागेको यूएईस्थित विप्लवका समर्थकहरुले जानकारी दिएका छन् ।

वैद्यजस्तै गोलचक्करको बाटोमा विप्लव

प्रचण्ड र बाबुरामले गरी खाँदैनन् भन्दै पार्टी विभाजन गर्दा माओवादी नेता मोहन वैद्यको तागत कम थिएन । वैद्यलाई नसमेटी संविधानसभाको चुनावै गर्न सकिँदैन भन्ठानेका थिए, चार दलका नेताले । उनीहरुले वैद्यसँग पटक पटक वार्ता पनि गरे । गोलमेच सम्मेलनको पनि प्रयास गरे ।

तर, यतिबेला माओवादी नेता वैद्य शक्तिहीन, कान्तिहीन एवं मणि निकालिएको सर्पजस्तै कमजोर बनेका छन् । वैद्यको माओवादी पार्टी ‘एक्सन’ गर्ने ठाउँबाट ‘रिएक्सन’ मात्रै गर्ने ‘प्रेस विज्ञप्ति पार्टी’ बनेको छ ।

वैद्य समूहबाट विद्रोह गरेर अलग समूह बनाएका नेत्रविक्रम चन्दको हालत पनि बदनाम र कमजोर बन्न थालेको छ । राजनीतिक कार्यक्रमको हिसाबले विप्लव वैद्यभन्दा कुनै कुरामा फरक देखिन सकेका छैनन् ।

तर, आफूलाई प्रचण्ड र वैद्यभन्दा फरक देखाउनका लागि विप्लव समूहले बेलाबखत नेपालबन्दका साथै राजधानीमा जुलुस प्रदर्शन लगायतका तडक-भडक गर्दै आएको छ । यसैको पछिल्लो उदाहरण बनेको छ शुक्रबारको नेपालबन्द ।

विप्लव समूह यति साह्रो उद्दण्ड र जनताप्रति गैरजिम्मेवार देखिँदै आएको छ कि शुक्रबार ट्याक्सीमा चालकलाई भित्रैलाई कार्यकर्ताले आगो लगाइदिएका छन् ।

पछिल्लो समय कमल थापा र खुमबहादुर खड्कासँग विप्लव समूहको अघोषित सहकार्यजस्तै देखिएको छ ।

संविधानको सुझाव संकलनमा अवरोध पुर्‍याउने कार्यमा विप्लव र कमल थापाका कार्यकर्ताले पालै पालो सक्रियता देखाएका थिए ।

विप्लवलाई जान्ने पुराना माओवादी नेताहरुका अनुसार उनी भविश्यमा प्रचण्डजस्तै बन्छु भन्ने अभियानमा लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment