Comments Add Comment

हुम्लामा समातिए अश्लील भिडियो देखाएर सहबासको दबाव दिने युवक

९ साउन, काठमाडौं । पूर्वप्रेमिकाको अश्लील भिडियो बनाएर यौन सम्बन्धका लागि दबाव दिने एक युवकलाई प्रहरीले हुम्लाबाट पक्राउ गरेर काठमाडौं ल्याएको छ ।

Love-Breakupमहानगरीय प्रहरी अपराध महाशाखाको टोलीले हुम्ला सिमिकोट ३ का २८ वर्षका घमन भन्ने गमान रोकायालाई पक्राउ गरेको छ ।

रोकाय र पीडित युवती झण्डै एक वर्षदेखि प्रेम सम्वन्धमा थिए । उनीहरु कलंकीमा लिभिङ गुटेदरमा बस्दै आएका थिए । सीए पढेका रोकाय विवाहित भए पनि युवतीलाई ढाँटेका थिए ।

लिभिङ टुगेदरमा रहेका बेला रोकायले प्रेमिकासँग शारीरिक सम्वन्ध राखेर गोप्य रुपमा झण्डै एक घन्टाको भिडियो खिचेका थिए । हालै मात्र युवतीले रोकाय विवाहित भएको थाहा पाएपछि उनीहरुबीच विवाद भएको प्रहरी अनुसन्धानले देखाएको छ ।

प्रेममा फाटो आएपछि उनले त्यही भिडियो तथा तस्वीर युवतीको फेसबुकमा अपलोड गरिदिए । उनले अश्लील फोटो तथा भिडियो अपलोड गरेर यौन सम्वन्धका लागि पटक-पटक धम्की दिएको पीडित किशोरीले प्रहरीमा बयान दिएकी छन् ।

अनुसन्धानका क्रममा अपराध महाशाखाको टोलीले हुम्ला पुगेर रोकायलाई पक्राउ गरेको छ ।

विद्युतीय कारोबार ऐन अन्तरगतको मुद्दामा कारबाहीका लागि उनलाई महानगरीय प्रहरी परिसर काठमाडौं ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment