Comments Add Comment

कुनैबेला अवैध कम्प्युटर बेच्ने  मिलनर अहिले करोडौँका मालिक

youri-millorरुसका युरी मिलनर अहिले चर्चामा छन् । उनी चर्चामा हुनुको मुख्य कारण हो अर्को ग्रहको प्राणी अर्थात् एलियन्सको अनुसन्धानमा उनले लाखौँ डलर लगानी गर्ने घोषणा गरेका छन् । एलियन्सको अनुसन्धानमा चर्चित वैज्ञानिक स्टिफन हकिंग्स सँग उनले सहकार्य गर्दैछन् ।

अहिले करोडौँ डलरका मालिक रहेका तथा विश्वका गिनेचुनेका व्यवसायीको रुपमा रहेको युरी कुनैबेला कम्प्युटरका अवैध व्यापारी थिए भन्दा पत्यार नलाग्न सक्छ । तर कुरा सत्य हो । उनले कुनैबेला रुसमा अवैध रुपमा कम्प्युटर बेचेर पैसा कमाउने गर्थे ।

कुरा जनवरी, २००९ को हो, तिनै युरीको चिनजान भयो फेसबुक संस्थापक मार्क जुकरबर्ग सँग । चिनजानको ४ महिनामै युरीले फेसबुकमा पैसा हाले र १.९६ प्रतिशत शेयर खरीद गरे ।

उनले टि्वटर, फि्लपकार्ट, प्लानेट ल्याब्स तथा अलिबाबा लगायतका टेक कम्पनीमा पनि लगानी गरेका छन् ।

उनको लगानी कम्पनी डिजिटल स्काइ टेक्नोलोजी (डिएसटी) हो । जसको नाम बदलिएर अहिले डिएसटी ग्लोबल बनेको छ । सन् २०१० मा फच्र्युन म्यागेजिनले विश्वका ५० जना प्रमुख व्यवसायीको सूचि प्रकाशित गर्दा पहिलोपटक युरी त्यसमा परेका थिए र उनी त्यतिबेला एक्लो रुसी नागरिक थिए ।

stephans-milner

युरीका बुवा इन्स्िटच्युट अफ इकोनोमिक्स अफ रसियन एकेडेमी अफ साइन्समा निर्देशक थिए । आमा पनि भाइरोलोजिकल ल्याबमा काम गर्थिन् । दिदी आर्किटेक्ट इन्जिनियर थिइन् । रसियन एकेडेमी अफ साइन्समा अध्ययनका क्रममा उनको भेट विख्यात परमाणु वैज्ञानिक आन्द्रेइ सखारोभसँग भयो र राम्रै मित्रता पनि गाँसियो । त्यसपछि उनले अवैध रुपमा सोभियत संघमा कम्प्युटर बेच्ने काम सुरु गरे । छोराले गरेको गैरकानूनी काम मन नपारेपछि उनी घरबाट निस्किए र व्हार्टन स्कुल अफ बिजनेसमा एमबीए पढ्न गए । त्यसपछि उनले विश्व बैंकमा जागिर पाए । जागिर निकै लोभलाग्दो थियो तर उनले विश्व बैंकमा आफुले गरेको जागिर समयको बर्बादी भएको बताउँछन् ।

सन् १९९५ मा युरी एलायन्स मेनट्याप बैंकमा सिइओ बने । सन् २००० पछाडि उनले एउटा इन्टरनेट कम्पनी सुरु गर्ने सोँच बनाए । मित्र ग्रेगरी फिंगरसँग पैसा सापटी लिएर उनले कम्पनी सुरु गरे । सन् २००५ मा युरीले आफै डिजिटल स्काइ टेक्नोलोजीज नामको नयाँ लगानी कम्पनी खोले । सन् २०१२ मा ब्रेक थ्रू पुरस्कार समेत स्थापना गरे । यो अन्तराष्ट्रिय पुरस्कार भौतिक शास्त्र, जिव विज्ञान तथा गणितको क्षेत्रमा दिइन्छ । यो विश्वको सबैभन्दा ठूलो विज्ञान पुरस्कार पनि हो र यसको राशी ३० लाख डलर छ । एजेन्सीको सहयोमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment