Comments Add Comment

रिफर्बिस ल्यापटपबाट कसरी जोगिने ?

शैलेस लोहनी

Leptop
नेपालमा ल्यापटपको बजार निरन्तर बढ्दो छ । बजार बढ्दै जाँदा हरेकखालका उत्पादनमा विभिन्न खालका विकृतिहरु आउने गर्छन् । ल्यापटपमा पनि त्यहि भइरहेको छ । तीनै विकृतिमध्येको एक हो रिफर्बिस ल्यापटप, जसलाई व्यापारिक भाषामा ग्रे च्यानल पनि भन्ने गरिन्छ ।

के हो रिफर्बिस सामान ?
रिफर्बिस भनेको पुराना सामानहरुलाई मर्मत गरेर पुनः बिक्री गर्नु हो । अन्तर्राष्ट्रिय प्रचलन अनुसार त्यस्ता सामानमा रिफर्बिस जनाउने स्टिकर लगाएर मात्र बिक्री गर्नु पर्छ । तर, नेपालमा त्यस्ता सामानहरु आयात गर्न प्रतिबन्ध भएकोले स्टिकरबिनै ल्याइन्छ । त्यसैले ग्राहकहरुले नयाँ भनेर किन्छन्  र ठगिन्छन् ।

यसरी ल्याइन्छ नेपालमा
रिफर्बिस गरिएका सामान आधिकारिक रुपमा आयात नभई चोरी-निकासी गरिएका हुन्छन् । यसरी आउने सामान दुई थरिका हुन्छन् । पहिलो, पुराना रिफर्बिस वा रिकन्डिसन सामान र दोस्रो, अन्य कुनै देशको लागि बनेको वा बितरण गरिएको समान ।

leptop1रिफर्बिस सामानमा नेपालको बिक्रेताले कुनै पनि वारेन्टी पाएको हुँदैन । उसले आफ्नो मुनाफाबाट नै मिलाउने गरि बेचेको हुन्छ । अतः त्यस्ता सामान बिग्रिएर आएमा सकभर उसले कमसेकम खर्चमा कामचलाउ बनाएर पठाइदिन सक्छ । त्यसैले त्यो बारम्बार बिग्रिरहने हुन्छ र यसोउसो गर्दै वारेन्टी समय सकिन्छ ।

अर्कोथरि अनाधिकृत रुपमा वा अन्य देशको लागि बनेका सामानहरुको हकमा उत्पादक कम्पनीको कुनै पनि जवाफदेहिता हुँदैन । त्यस्ता सामानहरुलाई नेपालमा भएका सर्भिस सेन्टरहरुले सर्भिस पनि दिँदैनन् । बिग्रिएको खण्डमा नेपालमा वारेन्टी नहुने भएकाले त्यस्ता सामानहरु बजारमा उपलब्ध अनाधिकृत स्पेयर पार्टस्हरु फेरेर मर्मत गरिन्छ, जुन भरपर्दो हुँदैन ।

ल्यापटपभन्दा त्यहाँ राखिने सामाग्री बहुमूल्य हुन्

ल्यापटपमा राख्ने डाटाहरु अमुल्य हुन्छन् । यसभित्र रहने डाटाको मूल्य मेसिनको मूल्यभन्दा कयौं गुणा बढी हुन्छ । उदाहरणको लागि कुनै व्यक्तिले आफ्नो विवाहका फोटोहरु ल्यापटपमा राख्छ । यदि ल्यापटपमा समस्या आएर हार्ड डिक्स बदल्नु परेमा डाटाहरु सबै गुम्छन् । उसका सबै फोटोहरु स्वाहा हुन्छन् । अब उसले फेरी बिवाह गर्ने कुरा पनि हुँदैन ।

कुनै अनुसन्धानको तथ्यांक, कसैको थेसिस वा कुनै कम्पनीको हरहिसाब, जे पनि हुनसक्छ ल्यापटपमा । यसको तुलनामा मेसिनको मूल्य केहि होइन । यो कुरा ल्यापटपमा मात्र नभइ सामान्य पेन ड्राइभ, पोर्टेवल हार्ड डिक्स, मेमोरी कार्डहरुमा पनि लागू हुन्छ । त्यसैले सस्तो पायो भन्दैमा आफ्नो अमूल्य सम्पत्तिको सुरक्षामै खतरा आइपर्ने गरी रिफर्विस वा वारेन्टी नभएका ल्यापटप खरिद गर्नु हानिकारक हुन्छ ।

कसरी छुट्याउने त ?

सामान्यरुपमा त्यस्ता सामान छुट्याउन निकै गाह्रो हुन्छ । ल्यापटपको हकमा बक्समा हुने सिरियल नम्बर र ल्यापटपमा हुने एउटै नहुन सक्छ वा बिना बक्सको पनि हुन सक्छ । तर, त्यो प्रमुख आधार भने हैन । अरु सामानमा त झनै गाह्रो हुन्छ ।

सामान्यतयाः उस्तै प्रकृतिको सामान एउटा पलसमा भन्दा अर्कोमा अस्वाभाविक सस्तो छ भने झट्ट किनिहाल्नु हुँदैन । अरु पसलमा बुझेर मात्रै किन्नु बेस हुन्छ । किनभने त्यस्तो सामान ओरिजनल नहुन सक्छ । व्यवहारिक रुपमा भन्नुपर्दा भरसक नाम चलेको वा विश्वासिलो पसलबाट मात्रै लिनु बेस हुन्छ ।

सबैभन्दा प्रभावकारी उपाय भनेको भ्याट बिल हो । साधारणतया डुब्लिकेट वा रिफर्बिस सामान वेच्नेहरुले सामानको मूल्य बराबरको भ्याट बिल दिन सक्दैनन् । ल्यापटप लगायत बिद्युतीय उपकरण किन्दा यि सबै कुराहरुमा ध्यान दिएर ठगिनबाट जोगिनु पर्छ ।

(लोहनी लेनोभो ल्यापटपको नेपालका लागि आधिकारीक विक्रेता मेगाटेक ग्रुपका निर्देशक हुन् )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment