Comments Add Comment

कास्की र म्याग्दीका पहिरो पीडितलाई क्षतिपूर्ति दिन मालेको माग

१४ साउन, काठमाडौं । कास्की र म्याग्दीका पहिरो पीडितलाई क्षतिपूर्ति दिन नेकपा मालेले सरकारसँग माग गरेको छ । माले महासचिव सीपी मैनालीले विहीबार विज्ञप्ति निकालेर मृत्यु तथा घाइते भएका परिवारलाई उचित क्षतिपूर्ति अविलम्व प्रदान गर्न माग गरेका हुन् ।

Cp-Mainaliसाथै वेपत्ता भएकाहरुको खोजी गर्न र संभावित बाढी तथा पहिरोको खतरामा रहेका जनतालाई सुरक्षित स्थानमा बसोवासको व्यवस्था गर्न पनि माग गरिएको छ ।

मालेले प्राकृतिक प्रकोपमा परी ज्यान गुमाउनेहरुका परिवारजनहरुप्रति समवेदना व्यक्त गर्दै मृतकहरुप्रति श्रद्धाञ्जली घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment