१४ साउन, काठमाडौं । विनाशकारी भूकम्पले रसुवागको तामाङ हेरिटेज ट्रेलमा कुनै क्षति नपुगेको व्यवसायीहरुले बताएका छन् । स्थानिय होटल व्यवसायीहरुले राजधानीमा पत्रकार सम्मेलन गरी ट्रेलमा पर्ने होटलहरु सुरक्षित रहेको बताएका हुन् ।
तामाङ हेरिटेज ट्रेलको स्याफ्रु, गत्लाङ, तातोपानी, नागथली, थुमन, टिमुरे र बृद्धिमका सम्पूर्ण होटलहरु सुरक्षित रहेको होटल व्यवसायी समिति थुमनले जनाएको छ । त्यहाँका होटलमा पर्यटकलाई खान तथा बस्नका लागि सुविधा रहेको समितिको भनाई छ ।
तामाङ हेरिटेज ट्रेल छोटो अवधिमा सबै तामाङहरुको रहनसहन, सांस्कृतिक कार्यक्रम त्यहाँका पुरातात्विक सम्पदा र विभिन्न हिमालहरु अवलोकन गर्न सकिन्छ । यो ट्रेलमा बच्चादेखि युवा र बुढाबुढी सबैले ट्रेकिङ गर्न सक्छन । यो ट्रेल पुरा गर्नका लागि ९ दिन लाग्छ ।
कसरी पुग्ने ?
पहिलो दिन : यो ट्रेलको सुरुवात काठमाडौंको माछापोखरीबाट हुन्छ । नुवाकोटको त्रिशुली हुँदै कालिकास्थान, धुन्चे स्याफ्रुबेसीसम्म गाडीमा पुग्न सकिन्छ । जहाँ होटेल कैलाश, होटेल के. तामाङ हेरिटेजमा बस्न सकिन्छ ।
दोस्रो दिन : स्याफ्रुवेशीदेखि गत्लाङसम्म पुगिन्छ । गत्लाङमा तामाङ संस्कृति, त्यहाँका सम्पदाहरु र त्यहाँका पुराना र पुरातात्विक घरहरु हेर्न सकिन्छ । यहाँका चारवटा होटलहरु पर्यटकको लागि सुविधायुक्त छ ।
तेस्रो दिन : गत्लाङदेखि तातोपानी पुगिन्छ । तेस्रो दिन विभिन्न हिमश्रृंखलाहरु अवलोकनसँगै तातोपानी पुगिन्छ । तातोपानीमा त्यस्तो प्राकृतिक तातोपानी छ, जहाँ नुहायो भने ग्यास्टि्रक, नशा रोग र सम्पूर्ण रोगहरु निको हुने विश्वास छ । यहाँ एक दिन बास बसिन्छ ।
चौथो दिन : तातोपानी देखि नागथली पुगेर बास बसिन्छ । नागथलीबाट लाङटाङ रेन्ज १, तिब्बतको अग्लो हिमाल सिसापाङमा, गणेश हिमाल रेन्ज, गोसाइँकुण्ड रेन्जलाई नजिकबाट अवलोकन गर्न सकिन्छ ।
त्यहाँबाट तारुखे भ्यू प्वाइन्छ जान सकिन्छ । जहाँबाट तिब्बतका विभिन्न गाउँहरु र हिमालहरु अवलोकन गर्न सकिन्छ । यहाँ होटल माउन्टेन भ्यू, होटल टप भ्यू, होटल सुपर भ्यू, होटल ग्रेट वाल, होटल पिक भ्यू गरी पाँच वटा होटल रहेका छन् ।
पाँचौं दिन : नागथलीदेखि थुमान पुगेर बसिन्छ । यस दिन पर्यटकहरु विभिन्न हिमाल अवलोकन सँगै बेलुकी थुमान गाउँको बास बस्न पुग्छन । जहाँ पुराना गुम्बाहरु त्यहाँ तामाङ नाचहरु पुरातात्विक मानीहरु र पुराना घरहरु अवलोकन गर्न सकिन्छ ।
यहाँ होटल बुद्ध, होटल भिलेज भ्यू, होटल मुनलाइट, होटल नमस्ते, होटेल सनसाइन, होटल ल्हासा, ओम होमस्टे, तामाङ हेरिटेज होमस्टे, होटल पोताला, होटल थुमन सुपरभ्यू लगायतका होटलहरु पर्यटकलाई स्वागत गर्न पर्खिएका हुन्छन ।
छैटौं दिन : थुमनदेखि टिमुरे पुगिन्छ । टिमुरे त्यस्तो ठाउँ हो जहाँ तिब्बतको बोर्डरका ठाउँहरु हेर्न सकिन्छ । यहाँ चारवटा होटलहरु पर्यटकको लागि सुविधायुक्त छ ।
सातौं दिन : टिमुरेदेखि बृद्धिम पुगिन्छ । जहाँ विभिन्न तिब्बेतियन कल्चरलका साथै तिब्बेतियन होमस्टेमा बास बस्न सकिन्छ । यहाँ तेह्र वटा होटलहरु पर्यटकको लागि सुविधायुक्त छ ।
आठौं दिन : बृद्धिमदेखि स्याब्रुबेसी बास फर्किन्छ । यहाँ होटलहरु पर्यटकको लागि सुविधायुक्त छ ।
नौ दिन : स्याब्रुबेसीबाट काठमाडौं फर्किएपछि तामाङ हेरिटेज ट्रेल सम्पन्न हुन्छ ।
प्रतिक्रिया 4