Comments Add Comment

छुरा प्रहरा गरी युवकको हत्या

१७ साउन, उदयपुर । पहाडी गाविस बाँसबोटे–७ बुथकुनीमा शनिबार साँझ छुरा प्रहार भएर एक युवकको हत्या भएको छ ।

बुथकुनीका ४८ वर्षीय दलबहादुर राईले आफ्नो १८ वर्षको छोरा गम्भीरराजको हत्या गरेको अभियोग लगाइएको छ ।

स्थानीयवासी शिक्षक कुम्भराज राईका अनुसार बाबुछोराको बेंसी खेतमा धान रोप्ने क्रममा झगडा भएको थियो । साँझ खेतको काम सकेर घर फर्कने क्रममा बाबुले छोरालाई छातीमा छुरा प्रहार गर्दा छोराको घटनास्थलमा नै मृत्यु भएको बाँसबोटे उमाविका अर्का शिक्षक शिवराम राईले बताए ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment