Comments Add Comment

रामेछापमा जिप दुर्घटना, एकको मृत्यु

नवराज पथिक

२१ साउन, रामेछाप । रामेछापको मन्थली नगरपालिकाको मसानटारमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

बिहीबार दिउँसो भएको दुर्घटनामा परी दोलखा घ्याङसुका ठोकर ५ की २० वर्षीया सरिता तामाङको मृत्यु भएको हो । दुर्घटनामा परी सर्मिला तामाङ र विष्णु तामाङ घाईते भएका छन् ।

घाईते दुवैलाई तामाकोशी सहकारी अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि काठमाडौं पठाइएको छ । सर्मिलाको अवस्था भने गम्भीर छ ।

दोलखाको मालुखोलाबाट यात्रु बोकेर मन्थली हुँदै काठमाडौं जान लागेको हिमगंगा यातायातको ना १ ज ४४१८ नम्बरको टाटासुमो मन्थली खुर्कोट सडक खण्डमा पर्ने मसानटार मोडमा खसेको थियो ।

नौ जना यात्रु बोकेको जीपमा रोकेर चालकले पानी हालिरहेको बेला जीप एक्कासी गुडेर सडक मोडबाट खसेको थियो । अरु यात्रु जिपबाट झरे पनि ३ जना भने भित्रै रहेकाले दुर्घटना परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment