+
+

अाइतबारका दैनिक पत्रिकाका बिजनेस खबर

अनलाइनखबर अनलाइनखबर
२०७२ साउन २४ गते ६:०९

राजधानीबाट आइतबार प्रकाशित आर्थिक क्षेत्रका दैनिक पत्रिकाहरुले माथिल्लो तामाकोशी सुरक्षित, उद्योगतर्फ लगानी प्रतिबद्धता ५० प्रतिशत कम, ८३ करोडको प्रदर्शनी केन्द्र, कोरियाबाट फर्केका ८० प्रतिशत स्वरोजगार रहेका खबर प्राथमिकतामा छापेका छन् ।

कारोबार दैनिकमा निगमले वाइडबडी जहाज खरिद गर्ने, अमेरिकी विज्ञको निष्कर्षः माथिल्लो तामाकोशी सुरक्षित, विद्युत ट्रिपिङले उद्योगमा समस्या, ७ खर्बको ब्यापारघाटा घटाउन ७ करोडको कार्यक्रम, एसियन हाइवेको सर्वे हुँदै लगायतका खबर छन् ।

अभियान दैनिकमा उद्योगतर्फ लगानी प्रतिवद्धता ५० प्रतिशत कम, सिङगटी जलविद्युत आयोजनाको वित्तीय ब्यवस्थापन पूरा, कम्पनी दर्ता केही वर्षभित्रै अनलाइनबाट, दुई कम्पनीमा प्राधिकरणको छापा, बीमा कम्पनीको चुक्ता पुँजी बढाउँदै समिति लगायतका खबर छन् ।

नागरिक दैनिकमा ८३ करोडको प्रदर्शनी केन्द्र, उद्योगमा लगानी प्रतिवद्धता बढ्यो, निर्यात साढे ५ सय प्रतिशत बढाउने लक्ष्य, लाभांशले उकास्यो नेप्से, घटेको हवाई भाडा दर शुक्रबारबाट कार्यान्वयनमा लगायतका खबर छन् ।

अन्नपूर्ण पोष्टमा कोरियाबाट फर्केका ८० प्रतिशत स्वरोजगार, ब्यापारीले लुकाउँदा बजारमा सुन अभाव, विद्युतमा लगानी गर्न अध्ययन गर्दै सेना, भाउ बढेपछि प्याजको कारोबारमा कमी, चौधरी फाउण्डेसनद्वारा विद्यालय पुनर्निर्माण लगायतका खबर छन् ।

eco1 eco2 eco3 eco4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?