
१५ जेठ, बर्दिया । पौडी खेल्ने क्रममा ‘स्विमिङ पुल’मा डुबेर मंगलबार एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गुलरिया नगरपालिका–९ मधुरा बस्ने १६ वर्षका अरबिन्द यादव रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए ।
कृष्णसार रिसोर्ट प्रालिको स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर घाइते भएका यादव उपचारका लागि अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाका बारेमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4