Comments Add Comment

ट्याक्सी ब्यवसायीहरु उत्रिए हड्तालमा

२४ साउन, काठमाडौ । ट्याक्सी ब्यवसायीहरुले काठमाडौ उपत्यकामा आइतवारदेखि ट्याक्सी सञ्चालन ठप्प पारेका छन् । सरकारले आफूहरुसँग छलफल नै नगरी भूकम्पपीडितका नाममा नयाँ ट्याक्सी भित्राउन लागेको भन्दै ट्याक्सी ब्यवसायीहरु आन्दोलित भएका हुन् ।

फाइल तस्वीर
फाइल तस्वीर

ब्यवसायीहरुले तेस्रो चरणको आन्दोलन सकेर आइतबारदेखि चौथो चरणको आन्दोलन थालेका हुन् । आइतबार विहानैदेखि ट्याक्सी हड्ताल गरी चौथो चरणको आन्दोलन थालेका उनीहरु ललितपुरको एकान्तकुनास्थित यातायात ब्यवस्था कार्यालय अगाडि जम्मा भएका छन् । एकैठाउँमा ट्याक्सी जम्मा गरी धर्ना दिएपछि एकान्तकुना आसपासको यातायात सेवा प्रभावित भएको छ ।

आइतबारदेखि ट्याक्सी हड्तालका साथै यातायात ब्यवस्था कार्यालयअगाडि रिलेअनसन गरिने श्री स्वस्तिक स्वरोजगार मिनी ट्याक्सी ब्यासायी ब्यवसायी संघका अध्यक्ष प्रकाश बस्यालले बताए ।

नयाँ ट्याक्सी र सुरक्षित यात्राको विरुद्धमा आफूहरु नभएको तर उचित ब्यवस्थापन गरी ट्याक्सी सञ्चालन गर्नुपर्ने आफूहरुको माग गरेको बस्यालले बताए । ‘बिना तयारी र बिना ब्यवस्थापन भूकम्पपीडितको टाउको बेचेर ट्याक्सी तस्कर गर्न खोजिएको छ,’ बस्यालले अनलाइनखबरसँग भने, ‘१३ लाख ९९ हजारको ट्याक्सीलाई बिना भन्सारको एक लाख बढी रकममा ब्यापार गर्न लागिएको छ ।’

कमिसनको चक्करमा नयाँ ट्याक्सीको तस्करी गर्न लागिएको ब्यवसायीहरुको आरोप छ । राजधानीको यातायात ब्यवस्थापनका लागि डिलक्स यातायात सञ्चालन, मिटर जडित ट्याक्सीको ब्यवस्था गरी ब्यवस्थित गर्नुका साथै पूर्व तयारी गरेर मात्रै नयाँ ट्याक्सी ल्याउनुपर्ने उनीहरुले माग अघि सारेका छन् । काठमाडौ उपत्यकामा ६ हजार ५ सय बढी ट्याक्सी सञ्चालित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment