Comments Add Comment

राजेश, शिव र सरोजले यसकारण आँट गरेनन् चलचित्र बनाउन

rajesh-shiva-and-saroj
नायकत्रय राजेश हमाल, शिव श्रेष्ठ र सरोज खनाल नेपाली चलचित्र क्षेत्रका लागि चर्चित नाम हो । नायक भूवन केसीले निरन्तर चलचित्र निर्माण गरिरहदा यी ३ चर्चित नायक भने निर्माता बन्न अझै सकेका छैनन् । तर, यी तिनै नायकले चलचित्र निर्माण गर्ने भनेको लामै समय भैसकेको छ ।

नायक राजेश हमालले नेपाली चलचित्र हलमा लगाउन नै गाह्रो हुने अवस्था आएकाले आफूले बनाउन नसकेको बताए । हमालले नेपाली चलचित्रको प्रदर्शनमा देखिएको अस्तव्यस्तताले गर्दा चलचित्र निर्माण गर्न नसकेको बताउँदै आएका छन् ।

हमालको जस्तै भनाई नायक शिव श्रेष्ठको पनि छ । अनलाइनखबरसँगको कुराकानीमा शिवले चलचित्र बनाउन भन्दा पनि हलमा लगाउन गाह्रो भएकाले निर्माण गर्न नसकेको बताए । उनले चलचित्रमा क्षेत्रमा देखिएको प्रदर्शनको अस्तव्यस्तताले चलचित्र बनाउने आँट नै आउन नसकेको बताए ।

१७ बर्षपछि अमेरिकाबाट फर्किएका नायक सरोज खनाल पनि आफूले चलचित्र निर्माण गर्न छाडेर अरुकै चलचित्रमा अभिनय गर्न व्यस्त छन् । सरोजले चलचित्र बनाउने आँट नआएको बताए । चलचित्र निर्माण भन्दा प्रदर्शनमा देखिएको राजनीतिले गर्दा आफूले लगानी गर्न नसकेको उनले अनलाइनखबरसँग बताए ।

उनले आफूहरुले पनि चलचित्र प्रदर्शन गर्दा राजनीतिको शिकार बन्नुपर्‍यो भने त्यो नमिठो हुने बताउँदै पहिला यहाँको माहोल वुझ्ने अनी मात्र चलचित्र बनाउने बताए ।

नेपाली चलचित्र निर्माण गर्ने थुप्रै निर्माताहरु पनि बनाउन भन्दा चलाउन अप्ठ्यारो भएको बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment