Comments Add Comment

दाङलाई प्रादेशिक राजधानी बनाउन दबाव समिति गठन

निमुसंगम घर्ती
२७ साउन, घोराही । दाङलाई प्रादेशिक राजधानी बनाउन दबाव दिने उद्देश्यले दाङमा समिति गठन गरिएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा बुधबार घोराहीमा भएको सर्बपक्षीय/सर्वदलीय भेलाले समिति गठन गरेको हो ।

Dangaliसमिति संयोजकमा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष हेमराज बञ्जाडे छन् ।समितिमा जिल्लाका सबै राजनितीक दलका प्रमुख एवं प्रतिनिधि, नागरिक समाज, जिल्लाका सबै उद्योग वाणिज्य संघ, पत्रकार महासंघ, यातायात व्यवसायी महासंघ राप्ती अञ्चल समिति, वन उपभोक्ता महासंघ सदस्यका रुपमा छन् ।

बैठकले बञ्जाडेको संयोजकत्वमा ७ सदस्यीय सचिवालय समिति समेत गठन गरेको छ । जसको सदस्य सचिवमा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सुदीप गौतम छन् ।

सदस्यहरुमा नागरिक समाज दाङका संयोजक टिकाराम रेग्मी, सामुदायीक बन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष शोभाकर सापकोटा, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिमल रिजाल, राप्ती अञ्चल सार्बजनिक यातायात व्यवसायी समितिका अध्यक्ष सुरेश हमाल सदस्य छन् ।

‘समितिले प्रादेशिक राजधानी बनाउन दाङ किन उपयुक्त ?’ भन्ने बिषयमा आधारहरु तयार पार्ने र जिल्लादेखि केन्द्रस्तरमा दबाव दिने संयोजक बन्जाडेले बताए ।

प्रादेशिक राजधानीका लागि भूगोल, सुरक्षा, वातावरण, आर्थिक, जमिन, उब्जनी र पायक पर्ने जिल्ला दाङ उपयुक्त रहेको समितिको दावी छ ।

समितिले दाङलाई प्रादेशिक राजधानी बनाउन, रुकुम र सल्यानका टुक्रिएका ठाउँलाई पाँच नम्बर प्रदेशमा राख्न दबाव दिने समेत समितिले निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment