Comments Add Comment

सवारी दुर्घटनामा एकको मृत्यु

accident

२८ साउन, मकवानपुर । मकवानपुरमा भएको सवारी दुर्घटनामा एकको मृत्यु भएको छ ।

भैरहवा भन्सारबाट हेटौडा तर्फ आउदै गरेको एमएच-२-ए टीआर-७३० नम्बरको बोलेरो र हेटौडाबाट नारायणधाट तर्फ जादै गरेको ना २ ख ९५१५ नम्बरको मालवाहक ट्रक एक आपसमा ठोक्किँदा बोलेरोमा सवार ४० वर्षका ननक सहनीको मृत्यु भएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका सहनीको हेटौडा ११ को नवलपुरमा निधन भएको प्रहरीले जनाएको छ ।
भारत मोतिहारी घर भएका सहनी खोलाबाट माछा मारी बोलेरोमा र्फकँदै थिए । बेलेरोका चालकको चुरे हिल अस्पतालमा उपचार भइरहेको छ ।
बालकृष्ण दाहालबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment