Comments Add Comment

सहिमाको तीज राम्रो रमझमले

sahima

तीज पर्व नजिकिदै गएपछि नेपाली सांगीतिक क्षेत्रका गायक तथा गायिकाले बजारमा गीत सार्वजनिक गर्ने क्रम बढेको छ । विश्वका विभिन्न देशमा आयोजना हुने सांगीतिक कार्यक्रममा सहभागी हुनका लागि भएपनि गायक तथा गायिकाले तीजको गीत बजारमा ल्याउने गरेका छन् ।

यही भिडमा गायिका सहिमा श्रेष्ठ पनि पर्छिन् । उनले ‘तीजको रमझम’ बोलको गीत सार्वजनिक गरेकी छिन् । ‘तीज राम्रो रमझमले’ बोलको गीतको म्यूजिक भिडियो पनि सार्वजनिक भएको छ ।

मिनु सञ्जिवनीको शब्द रहेको गीतमा महेश खड्काको लय, सहिमा र सन्दिप न्यौपानको स्वर छ । भिडियोमा पनि सहिमा आफै देखिएकी छिन् । स्मृत्ती तिमिल्सिनाको निर्देशनमा तयार भएको यो भिडियोमा रामेश्वर हुमागाँइको छायांकन, जीवन सेन्चुरीको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment