३२ साउन, काठमाडौं । सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले संविधानसभा छाड्ने अवसरको खोजीमा रहेको बताएका छन् । आफूहरुले संविधानसभा छाड्ने निर्णय पहिला नै गरिसकेको भन्दै उनले भने-हामी संविधानसभा छाड्ने अवसर खोज्दैछौ । जुन दिन आउँछ त्यो दिन छाडिदिन्छौं ।’
सोमबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा कर्णले राज्य पुर्नसंरचना आयोग र समितिको प्रतिवेदनलाई आधार नबनाई सिद्धान्त विहीन रुपमा कोरिएको सीमांकन कुनै पनि हालतमा नमान्ने बताए ।
तीन दलका तीन नेताले आन्दोलनको आगोमा घिऊ थप्ने काम गरेको भन्दै उनले भने-राज्यले संघीयता बुझेन । सीमांकनको सिद्धान्तको विरुद्ध छ । यो खस त्यसमा पनि बाहुनवादी सिद्धान्त हो ।
प्रजातान्त्रिक र पूर्णकालिन सरकार आएमात्रै बन्द सँस्कृति रोकिने विश्वास ब्यक्त गर्दै उनले शान्तिपूर्ण विरोध गर्दा आफूहरुको कुरा नसुनेपछि बन्द गर्नु परेकोले यो आफूहरुको रहर नभई बाध्यता भएको तर्क गरे ।
प्रतिक्रिया 4