+
+
Shares

तीन गुणाले बढ्यो सेञ्चुरी बैंकको नाफा

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ १ गते ११:१५

Century-Commercial-Bank-१ भदौ, काठमाडौं । सेञ्चुरी कमर्शियल बैंकले आर्थिक वर्ष २०७१/०७२ मा २५ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षकोभन्दा तीन गुणाले बढी हो । अघिल्लो वर्ष बैंकले ८ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको थियो ।

४३ करोड रुपैयाँखे खुद व्याज आम्दानी बढेपछि बैंकको नाफा पनि उल्लेख्य बढेको हो । गत वर्ष बैंकले ८५ करोड ७५ लाख व्याज आम्दानी गरेको छ ।
अघिल्लो वर्षको तुलनमा निक्षेपमा दिने र कर्जामा लिने व्याज बीचको अन्तर (स्प्रेड दर) केही घटेपनि खुद व्याज आम्दानी बढेको हो । ०७१ मा ४.०५ प्रतिशत रहेको स्प्रेड ०७२ मा ३.४७ प्रतिशतमा झरेको छ ।

त्यसैगरी नाफा वृद्धिको अर्काे आधार संभावित जोखिम व्यवस्थाबापतको फिर्ता (राइटब्याक) पनि हो । राइटव्याकलार्इ पनि नाफामा गणना गर्न मिल्ने प्राबधान छ । अघिल्लो वर्षकोभन्दा ५ करोड बढी अर्थात ७ करोड ८४ लाख रुपैयाँ राइटव्याक भएको मंगलबार प्रकाशित वित्तीय विवरणमा उल्लेख छ ।

०७२ असार मसान्तमा बैंकले २५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब २० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष १८ अर्ब ३९ करोड रुपैयाँ निक्षेप संकलन गरी १५ अर्ब ४ करोड रुपैयाँ कर्जा प्रवाह गरेकेा थियो । बैंकको खराब कर्जामा पनि केही सुधार आएको छ । अघिल्लो वर्ष कूल कर्जाको ०.५१ प्रतिशत रहेको खराब कर्जा गत वर्ष ०.२७ प्रतिशतमा झरेको छ ।

हाल बैंकको चुक्ता पुँजी २ अर्ब १२ करोड रुपैयाँ छ । राष्ट्र बैंकको निर्देशन अनुसार ०७४ सालसम्ममा ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्‍याउनु पर्ने हुन्छ । त्यसका लागि बैंकले अधिकतम बोनस सेयर दिनुपर्ने हुन्छ । तर, बैंकले सेयरधनीलाई अधिकतम ९ प्रतिशत मात्रै बोनस सेयर दिन सक्ने देखिन्छ । पुँजी वृद्धिका लागि मर्जरमा जानु पर्ने र नपुग पुँजी हकप्रद सेयर जारी गरी जुटाउनु पर्ने देखिन्छ ।

बैंकको प्रतिसेयर आम्दानी १२ रुपैयाँ १७ पैसा छ भने प्रतिसेयर नेटवर्थ १ सय १३ रुपैयाँ ८७ पैसा छ । गत वर्ष बैंकको प्रतिकित्ता सेयर न्यूनतम २ सय ५० रुपैयाँ देखि अधिकतम ३ सय ४३ रुपैयाँसम्ममा कारोबार भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?